समाजमा नकारात्मक असर पार्ने दृश्य प्रसारण नगर्न नेपाल प्रहरीको आग्रह

<span class='c1'>समाजमा नकारात्मक असर पार्ने दृश्य</span> <span class='c2'>प्रसारण नगर्न नेपाल प्रहरीको आग्रह</span>

काठमाडौं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीहरूको प्रकाशन तथा प्रसारण नगर्न आम सञ्चार माध्यामहरुलाई आग्रह गरेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले आइतबार काठमाडौँमा आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी समाजमा नकारात्मक असर पार्ने बीभत्स दृश्यहरू भ्यु बढाउने नाममा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण नगर्न पनि सचेत गराएको छ ।

कार्यक्रममा बोल्नुहुँदै विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले न्यूनतम मानवीय संवेदनशीलतालाई ख्याल राखेर बीभत्स दृश्य लगायतका समाजमा नकारात्मक असर पार्ने कुराहरू जथाभाबी प्रकाशन तथा प्रसारण नगर्न सचेत गराउनु भयो । उहाँले पक्राउ पर्ने बित्तिकै अपराधी भनेर करार गर्ने काम नगर्न पनि सञ्चार माध्यामहरुको ध्यानाकर्षण गराउनु भयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक भावनाको विकास गराउने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कडा निगरानीमा राखी कारबाही गर्ने कामलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक असर पु¥याउने खालका समाचार प्रसारण गर्न उपयुक्त नहुने तर्क समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्