पञ्जाव किंग्सलाई हराउँदै गुजरात छैटौँ स्थानमा

पञ्जाव किंग्सलाई हराउँदै गुजरात छैटौँ स्थानमा

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्स विजयी भएको छ । मोहालीमा भएको खेलमा पञ्जाव किंग्सलाई तीन विकेटले हराउँदै टाइटन्स छैटौं स्थानमा उक्लिएको हो ।

राहुल टेवाटियाले १८ बलमा ३६ रनको योगदान दिएपछि पञ्जावले दिएको एक सय ४३ रनको लक्ष्य गुजरातले १९ ओभर एक बलमा सात विकेट गुमाउँदै हासिल हासिल ग¥यो । गुजरातका लागि शुभमन गिलले ३५ र साइ सुदर्सनले ३१ रन बनाए भने ऋद्धिमान साहा र अज्मतुल्लाह ओमरजाईले १३–१३ रनको योगदान दिए ।

बलिङतर्फ हर्सल पटेलले तीन विकेट लिए भने लियाम लिभिङस्टोनले दुई विकेट हात पारे । टस जितेर ब्याटिङ रोजेको पञ्जाबले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ४२ रन बनाएको थियो । यसका लागि प्राभसिमरन सिंहले ३५ रन बनाए भने हरप्रित भ्रारले २९ रन जोडे ।
पञ्जाबलाई सस्तो स्कोरमा रोक्नका लागि साई किशोरलेचार विकेट लिए भने मोहित शर्मा र नुर अहमदको नाममा दुई दुई विकेट रह्यो ।

जितसँगै गुज्रातले आठ खेलमा आठ अंक जोडेको छ समान खेलबाट चार अंक जोडेको पञ्जाब पुछारबाट दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्