अरेबियाले इजरायललाई खुसी पार्न कुरानका केही अंश हटाएको हुथी नेताको आरोप

अरेबियाले इजरायललाई खुसी पार्न कुरानका केही अंश हटाएको हुथी नेताको आरोप

काठमाडौं । इजरायल र इरानबीच जारी तनावका बीच हुथी नेताले साउदी अरेबियामाथि गम्भीर आरोप लगाएका छन् ।

यमनका हुथी नेता अब्दुल मलिक अल–हुथीले साउदी अरबले यहूदीहरूलाई सन्तुष्ट पार्न र इजरायललाई खुसी पार्ने प्रयास गरिरहेको भन्दै कुरानको केही अंश पनि पाठ्यक्रमबाट हटाइएको दावी गरेका छन् ।

अब्दुल मलिकले साउदी इजरायलसँगको सम्बन्ध सामान्य अवस्थामा राखेर त्यहाँ व्यापार गर्न चाहेको पनि बताए । त्यसैले कुरानका केही विवादास्पद विषयहरु पाठ्यक्रमबाट हटाइएको बताए । इरानको इस्लामिक रिपब्लिक न्यूज एजेन्सीका अनुसार अब्दुल मलिक अल–हुथीले यहूदीहरूलाई आक्रोशित हुनबाट जोगिन पाठ्यपुस्तकहरूबाट कुरानिक पदहरू हटाएको बताए । ‘कुरानको ती भागहरू हटाइएको छ, जुन यहूदीहरूले गरेको अपराधको बारेमा कुरा गर्दछ ।’ अब्दुल मलिकले भने ।

यसैगरी, युएईले पनि साउदीको सिको गरिरहेको पनि बताए । दुवै देश इजरायलको लागि मित्रताको भावना भएको पुस्ता निर्माण गर्न चाहन्छन् । यसका लागि पाठ्यपुस्तकहरूमा यहूदीहरूको पक्षका कुराहरू समावेश गरिएको छ । यमनको ठूलो भूभागमा शासन गर्ने हुथी विद्रोहीहरू निकै आक्रामक छन् । हुथीहरूले लाल सागरमा इजरायलसँग सम्बन्धित जहाजहरूलाई निशाना बनाएर इजरायली सरकार र अमेरिकाका लागि लगातार समस्याहरू खडा गरेका छन् । हुथी लडाकुहरूले गाजामा हमासलाई खुलेर समर्थन गरेका छन् भने इजरायलप्रति साउदीको नरम रवैयालाई लिएर लगातार प्रश्न उठाउँदै पनि आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्