लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी गर्ने सरकारको तयारी

<span class='c1'>लगानी सहजीकरण सम्बन्धी अध्यादेश</span> <span class='c2'>जारी गर्ने सरकारको तयारी</span>

काठमाडौं । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारीका लािग राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारीका लािग राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको र राष्ट्रपतिबाट सिफारिस भएपछि अध्यादेश जारी हुने नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्,‘लगानी सहजीकरण सम्बन्धीकेही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशजारी गर्न सम्मननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ । यो अध्यादेशराष्ट्रपति समक्ष पेस भएपछि जारी हुनेछ ।’

त्यस्तै सरकारले मंगलबार कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएपछि सार्वननिक बिदा दिने निर्णय गरेको पनि उनले जानकारी दिइन् । विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने पनि उनले जानकारी दिइन ।

त्यस्तै मन्त्रिपरिषदको बैठकले अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको पनि शर्माले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्