नेपालसँग टी–२० क्रिकेट सिरिजमा खेल्ने वेस्टइन्डिजको टोली घोषणा

<span class='c1'>नेपालसँग टी–२० क्रिकेट सिरिजमा</span> <span class='c2'>खेल्ने वेस्टइन्डिजको टोली घोषणा</span>

काठमाडौं । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्टइन्डिजले टोली घोषणा गरेको छ । अप्रिल २५ देखि सुरु हुन लागेको सिरिजका लागि वेस्टइन्डिजको ‘ए’ टिमले नेपालको भ्रमण गर्न लागेको हो ।

आइसीसी टी २० विश्वकपको तयारीमा रहेका दुवै टिमलाई यो सिरिजले महत्वपूर्ण फाइदा पुग्ने विश्वास गरिएको छ । वेस्टइन्डिजले नेपालविरुद्धका सिरिजका लागि अनुभवि खेलाडीहरुलाई मौका दिएको छ । कप्तानको रूपमा अनुभवी रोस्टन चेस रहेका छन् भने उप–कप्तानको जिम्मेवारीमा एलिक एथानाजे रहेका छन् ।

रोस्टन चेसले ए टिमको पहिलो पटक कप्तानको जिम्मेवारी सम्हाल्नेछन् । चेसले सन् २०२१ मा टी २० आइमा डेब्यु गरेका थिए । बंगलादेशविरुद्धको खेल उत्कृष्ट रहेको थियो ।

टोलीमा को–को छन् ?
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उप–कप्तान), फेबियन एलेन, कादिम एलीने, जोशुआ बिशप,
केसी कार्टी, जोनसन चाल्र्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याकवे, गुडाकेश मोती,
किमो पल, ओशाने थोमस, हेडेन वाल्स, कोचिङ स्टाफ,

मुख्य प्रशिक्षकः फ्लोयड रेफर
सहायक कोचः रेयन ग्रिफिथ
फिजियोथेरापिस्टः नील ब्यारी
शक्ति र कन्डिसन कोचः शेन कूपर

टोली प्रबन्धक र विश्लेषकः अवनेश सीताराम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्