घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा मंगलबार गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु. दुई हजार सात सयले ओरालो लागेको छ ।

सोमबार तोलामा रु. एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा रु. एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ ।

महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा रु. ४५ ले गिरावट भएको छ । सोमबार प्रतितोला रु. एक हजार सात सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्