मलेसियामा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा १० को मृ*त्यु

मलेसियामा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा १० को मृ*त्यु

क्वालालम्पुर । मलेसियाको पेराक राज्यमा मंगलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकोप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

फ्लाईपास्ट रिहर्सलका क्रममा हेलिकोप्टरहरू लुमुट रोयल मलेसियन नेवी बेसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको रोयल मलेसियन नेवीले विज्ञप्तिमा उल्लेख गरेको छ । दुर्घटनाग्रस्त एउटा हेलिकोप्टरमा सात अर्कोमा तीन जना सवार थिए ।

“सबैको घटनास्थलमै मृत्यु भएको र पहिचानका लागि शवलाई लुमुट आधार अस्पतालमा लगिएको छ”, विज्ञप्तिमा भनिएको छ, “पीडितहरूको भिडियो र फोटोहरू नफैल्याउन आग्रह गरिएको छ ।” रासस/सिन्ह्वा

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्