झापामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ

झापामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ

झापा । झापाको तीन विभिन्न स्थानहरुबाट मंगलबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध ब्राउनसगुरको ओसार पसार तथा बेचबिखन भईरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका-८ त्रिपुरा सुन्दरी बैतडीका २५ बर्षीय रोशन थापालाई बिर्तामोड नगरपालिका-३ बाट लागुऔषध ब्राउनसगुर ३९ ग्राम १० मिलिग्राम, मोबाईल १ थान र नगद एक हजार १ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

यसैगरी लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट कमल गाउपालिका ५ का २० वर्षीय मनिस मगरलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ। भने ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-९ बाट स्थानीय २४ वर्षीय सुजन दाहाल र २६ वर्षीय भिष्म कडेललाई लागुऔषध ब्राउनसगुर ८ ग्राम, नगद २ हजार र मोबाइल ३ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्