‘भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले विर्सन मिल्दैन’

‘भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले विर्सन मिल्दैन’

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने क्षति न्यूनिकरण गर्न संरचनात्मक सुधारको आवश्यकता औंल्याउँदै आवश्यक नीति तर्जुमा गरी कडाईका साथ लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार गोरखा भूकम्प गएको नौ वर्ष पूरा भएको स्मृतिमा खानी तथा भूगर्भ विभागले आफ्नो परिसरमा भूकम्पबाट क्षति पुगेका संरचना,भग्नावशेषमा पुरिएका नागरिकको उद्दारलगायतका भूकम्पका विभिन्न पक्ष समेटेर बृहत फोटो प्रदर्शनी गरेको छ । प्रर्दशनिमा उपस्थित मन्त्री भण्डारीले गोरखा भूकम्पबाट पाठ सिकेर संरचनात्मक सुधारका काम गर्नुपर्नेमा जोड दिँदै आवश्यक नीति चाँडो बनाउनुपर्ने बताए ।

उनले भने, ‘हामीले यस्तो विषयहरुलाई बिर्सिनु हुदैँन् । यो जोखिम सधैँ रहन्छ । यसप्रतिको सजकता, सचेतता र त्यस सम्बन्धी आवश्यक व्यवस्था गर्न सकेनौ त्यसको न्यूनीकरणमा आवश्यक कार्ययोजना बन्न सकेन भने त्यसले सधैँ हामीलाई पीडा दिने कुरा हुन्छ । संरचनात्मक रुपमा सुधार गर्नुपर्ने कुराहरु धेरै छन् । यसको लागि आवश्यक नीति तर्जुमा गर्नुपर्छ । यसको साथै राज्यले नीतिलाई लागू गर्ने, आत्मसाथ गर्ने कुरामा अझ कडाई गर्नुपर्ने आवश्यकता छ।’

भूकम्पले पु¥याएको क्षतिबारे व्यक्तिले बिर्सिए पनि राज्यले बिर्सन नमिल्ने बताएका उनले विद्यालयको पाठ्यक्रममा भूकम्पबारे जानकारी दिन सरकारकातर्फबाट आफूले पहल गर्ने बताए । उनले भने, ‘भूकम्पले पु¥याएको क्षतिबारे व्यक्तिले बिर्सन सक्छ, तर राज्यले बिर्सन मिल्दैन, विद्यालयको पाठ्यक्रममा भूकम्पसम्बन्धी जानकारी समावेश गर्नुपर्छ । त्यसका लागि मैले पहल गर्छु ।’

नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्र भएकाले भूकम्पको विस्तृत अध्ययन गर्दै पूर्ण सावधानी अपनाउनु जरुरी रहेको उनको भनाइ थियो। भूकम्प र त्यसले निम्त्याएको क्षतिबाट देश आजित बनेको बताएका उनले भूकम्पजस्तो विपत्तिबाट पाठ सिकेर काम गनुपर्ने सन्दर्भमा देश पछाडी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्