विराटनगरको अर्किट कलेजले गर्यो कक्षा १२ को विद्यार्थीलाई बिदाई

विराटनगरको अर्किट कलेजले गर्यो कक्षा १२ को विद्यार्थीलाई बिदाई

विराटनगर । विराटनगरमा रहेको अर्किट कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

बुधबार कलेजमा अध्यनरत ६ सय ५० जना साइन्स, कम्प्युटर साइन्स, मेनेजमेन्ट तथा होटेल मेनेजमेन्ट संकायका १५ औं ब्याचको विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो ।

कार्यक्रममा कलेजमा हिसान लिएको परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरेको छ । सोही कार्यक्रममा खेलकुदमा उत्कुष्ट हुने विद्यार्थीलाई समेत ट्रफिसहित सम्मान गरिएको थियो ।

कलेज व्यवस्थापन समितीका अध्यक्ष अमित ढकाल, हिसान कोशी प्रदेश सचिव दिपेश वास्तोला र कलेजका प्रिन्सिपल सिएम श्रेष्ठलगायतले विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै विदाई गरे।

कलेजबाट विदाई हुने विद्यार्थी दिलसा नेपाल, विशाल दाहाल र अनुकृत शाक्यले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले उपस्थीत अतिथि, अभिभावक, शिक्षक तथा विदाई हुने विद्यार्थीलाई नृत्य तथा गित गाएर मनोरञ्जन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्