इजरायल हमास युद्धको २०० दिन : गाजामा भोकमरी भयावह बन्दै

इजरायल हमास युद्धको २०० दिन : गाजामा भोकमरी भयावह बन्दै

काठमाडौं । द्वन्द्वले गाजामा भोकमरीको समस्या विकराल हुँदै गएको छ । संयुक्त राष्ट्रसंघले यस्तो जनाएको हो ।

प्यालेस्टाइनको हमास विद्रोही समूहले इजरायलमा आक्रमण गरेपछि जबाफी आक्रमण सुरु भएको थियो । इजरायलको जबाफी आक्रमणका कारण अहिलेसम्म गाजामा ३४ हजारभन्दा बढी प्यालेस्टाइनको मृत्यु भइसकेको छ । २०२३ को अक्टोबर ७ बाट सुरु भएको युद्ध २ सय दिन पुगेको छ । दुवै पक्ष अझै आक्रामक छन् । गाजामा इजरायलको लगातारको आक्रमणका कारण लाइफलाइनहरु अवरुद्ध हुँदा राष्ट्र संघले भोकमरीको अवस्था भयावह बन्दै गएको चेतावनी दिएको हो ।

राष्ट्रसंघले अहिले पनि २३ लाख मानिसहरु दैनिक खानका लागि संघर्ष गरिरहेको बताउँदै यो अवस्था अर्को महिना (मे) देखि झन बढ्ने चेतावनी दिएको छ।
१७ अप्रिलसम्मको तथ्यांकअनुसार गाजाका अस्पतालहरुमा १२ वर्ष मुनिका २८ बालबालिकाको कुपोषणका कारण मृत्यु भएको छ । जसमा एक महिनाभन्दा कम उमेरका १२ बालबालिका छन् । इजरायली आक्रमणमा हालसम्म ३४ हजारभन्दा बढीको मृत्यु हुँदा ७७ हजारभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश अर्थात् १४ हजार ५ सय बालबालिका छन् ।

गाजामा प्रत्येक घण्टामा ६ बालबालिकासहित १५ जनाको मृत्यु भइरहेको छ । गाजाका बालरोग विशेषज्ञ डा. मोन्ट्रेसर फार्राले गाजाका हरेक घरमा कुपोषणको सिकार भएका बालबालिका रहेको बताए । अक्सफामका अनुसार गाजाका हजारौं मानिस दैनिक औसत २४५ क्यालोरीमा बाँचिरहेका छन् । तर, एक वयस्क व्यक्तिलाई दैनिक १६०० देखि ३,००० क्यालोरी पोषण भएका खानेकुरा चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्