विराटनगरमा जारी मिल्स गोल्डकपको फाइनलमा सशस्त्र प्रहरी

<span class='c1'>विराटनगरमा जारी मिल्स गोल्डकपको</span> <span class='c2'>फाइनलमा सशस्त्र प्रहरी</span>

विराटनगर । सुनसरी पकलीको सशस्त्र प्रहरी बल (एपिएफ) विराटनगरमा जारी चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा एपिएफले झापा सुरुङ्गाको कनकाई स्पोर्टिङ क्लब टाइब्रेकरमा २-० गोल फरकमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको निर्धारित समयमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निणर्य टाइब्रेकरबाट भएको थियो ।

टाइब्रेकरमा एपिएफका लागि दीपेश धिमाल र हरि कार्कीले गोल गरे भने उज्जवल चाम्लिङ गोल गर्न चुके । झापाका अनोज मगर, संजीव रसाइली, रोजन धिमाल र मिरक लिम्बूले गोल गर्न नसक्दा हार व्यहोर्नु पर्‍यो । प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक सुजन बिकले ३ हजार रुपैयाँ प्राप्त गरे । खेलमा दुवै टोलीबाट गोलका धेरै अवसर पाउँदा सदुपयोग गर्न नसक्दा खेलको निणर्य टाइब्रेकरबाट गर्नु पर्‍यो ।

खेल सुरु भएको २९ औं मिनेटमा झापाका मिरक लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा झापाका खेलाडीले डिबक्सभित्र एपिएफका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी भएको थियो । एपिएफले पाएको पेनाल्टीमा हरि कार्कीले गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत बिहीबारको अन्तिम सेमिफाइनल खेल विराटनगरको पेमा युवा क्लब र विराटनगरकै कोशी प्रदेश प्रहरी कार्यालयबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्