भारतको पटना होटलमा आगलागीमा ६ जनाको मृ*त्यु

भारतको पटना होटलमा आगलागीमा ६ जनाको मृ*त्यु

काठमाडौं । भारत पटनाको एक रेलवे स्टेशन नजिकै रहेको होटलमा आज बिहान भएको भीषण आगलागीमा परी तीन महिलासहित छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पटना रेलवे जंक्शन नजिकैको होटेलमा बिहान ११ बजेतिर आगलागी भएको ठाउँमा २० भन्दा बढी मानिस फसेका थिए ।

अहिले उद्धार कार्य सकिएको पटनाका एसपी चन्द्रप्रकाशले जानकारी दिएका छन् ।मृतकमा तीनजना महिला पनि छन् । साथै, आगोले जलेर गम्भीर घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।मृतक र गम्भिर घाईतेहरुको परिचय खुल्ने प्रयास भईरहेको र उनीहरुका परिवारलाई जानकारी गराउन प्रहरीले प्रयास गरिरहेको बताईएको छ ।आगो लाग्नुको कारण अहिलेसम्म पत्ता लगाउन नसकिएको र फरेन्सिक विशेषज्ञहरू बोलाइएका छन् । यसैबीच, जिल्ला मजिस्ट्रेट शिरसट कपिल अशोकले सबै होटेल र अन्य व्यावसायिक प्रतिष्ठानहरूको फायर अडिट गर्न आदेश दिइएका छन् । विशेष गरी पटना जंक्शन नजिकैको जस्तै भीडभाड भएको इलाकामा अवस्थित व्यवसायिक केन्द्रहरुमा अग्नी नियन्त्रणको लागि कुनै पूर्व तयारी भएनभएको निरीक्षण गर्न उनले आदेश दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्