स्पेन र क्रोएसिया पठाइदिने भन्दै ५८ लाख ५५ हजार ठगी

स्पेन र क्रोएसिया पठाइदिने भन्दै ५८ लाख ५५ हजार ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा स्पेन र क्रोएसिया पठाइदिने भन्दै ११ जनालाई ठगी गरेको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

स्पेन पठाइदिने प्रलोभन दिनेले आठ जनाबाट ५६ लाख र क्रोएसिया पठाइदिन्छु भन्नेले २ लाख ५५ हजार रुपैयाँ ठगेको आरोप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार स्पेन पठाइदिन्छु भनेर पैसा लिइ ठगी गरेको आरोपमा पक्राउ पर्नेमा बुढानीलकण्ठ–६ हात्तीगौंडा बस्ने दमक–५ का ३८ वर्षीय विजय भण्डारी छन् । उजुरी आएपछि उनलाई राजधानीको बबरमहलबाट पक्राउ गरिएको हो ।

यस्तै क्रोएसिया पठाइदिने भन्दै तीन जनालाई ठगेको आरोपमा पक्राउ पर्नेमा चाबहिल बस्ने धनकुटाको साँगुरीगढी–५ का ५२ वर्षीय कुलबहादुर लिम्बू छन् ।

दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको प्रहरीले बिहीबार जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्