बेलबारीमा करदाता शिक्षा कार्यक्रम सम्पन्न

बेलबारीमा करदाता शिक्षा कार्यक्रम सम्पन्न

बेलबारी । मोफसलमा करदाता शिक्षा अभाव महसुस भएको भन्दै मोरङको बेलबारीमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

बेलबारी उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजश्व कार्यालय विराटनगर र करदाता सेवा केन्द्र विराट चोकको सहकार्यमा दुई दिने करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

“स्वेच्छिक सहभागिता सहितको कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार” भन्ने मुल नाराको साथ बिहीबार बेलबारी १ स्थित उद्योग वाणिज्य संघको कार्यालय र शुक्रबार बेलबारी ७ बाहुनी बजार स्थित एकिकृत हातेमालो समाजको हलमा कार्यक्रम भएको हो । वषौँदेखी कर तिरिरहेको भएपनि यसअघि यसरी कर सम्बन्धी शिक्षा नपाएको बेलबारी ७ बाहुनीका व्यवसायी दिपक विश्वकर्माले बताए । दिनभरीको समय लगाएर विराटचोक कर तिर्न जान बाध्य थियौँ, अव आफै अनलाईनबाट कर तिर्न र विवरण हाल्न सक्ने भयौँ बेलबारी ७ का निरज चौधरी बताउछन् । दुवै दिन पचास पचास जनाको संख्यामा भएको उक्त कार्यक्रम उपलब्धी मुलक बनेको आन्तरिक राजश्व कार्यालय विराटनगरका कर प्रशिक्षक हरी प्रसाद सेढाईले बताए । “सधैँ शहर केन्द्रित रहेर कार्यलयले यस प्रकारका कार्यक्रम संचालन गरिरहेता पनी मोफसलमा पहिलो पटक यस प्रकारको कार्यक्रम संचालन गरेको” सेढाई बताए ।

कर सम्बन्धी अपनाउनुपर्ने सर्तकताका बारेमा कार्यालयले प्रशिक्षण दिएको हो । बिहीबार बेलबारी नगरपालीका उपप्रमुख नितू थापा कोइरालाले उद्घाटन गरेकी थिईन। उक्त कार्यक्रममा व्यवसाय दर्ता, स्थायी लेखा नम्बर, युजर नेम र पासवर्डको प्रयोग, आयकर, मु.अ.कर, अन्तशुल्क, करपाटीको ढांचा, करको दर, मिसम्याच, जरिवाना, राजश्व भौचर दाखीला गर्ने तरिका, प्यान नम्बर स्थगन र पुन दर्ता सम्बन्धी करदाता शिक्षा प्रदान गरिएको बेलबारी उद्योग वाणिज्य संघका अध्यक्ष भेषकुमार श्रेष्ठ (अशोक)ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्