चौंथो संस्करणको मिल्स गोल्डकपको फाइनल खेल आज

चौंथो संस्करणको मिल्स गोल्डकपको फाइनल खेल आज

विराटनगर । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा घरेलु टोली पेमा युवा क्लब विराटनगर पहिलो पटक र सशस्त्रप्रहरी बल (एपीएफ) पकली सुनसरी दोस्रो पटक उपाधि हात पार्ने दाउमा रहेको छ ।

दुवै टोली उपाधि हात पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगर जुट मिलको खेलमैदानमा आज दिउँसो चार बजे हुने फाइनलमा दुवै टिम उपाधि जित्ने गरी खेल्दैछन् ।

दोस्रो पटक मिल्स गोल्डकपको फाइनलमा पुगेको एपीएफले महोत्तरीको नगर खेलकदुर विकास समिति बर्दिवास र टिडब्लु वाइसि विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । पहिलो पटक फाइनल पुगेको घरेलु टिम पेमा युवा क्लबले फियर फुटबल क्लब धरान सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई हराउँदै उपाधि नजिक पुगेको हो ।

यसअघि २०७७ सालमा एपीएफले प्रथम संस्करणको मिल्स गोल्डकपको उपाधिजितेको थियो । त्यसबेला साइनो स्पोर्ट्स क्लव रानीमोरङलाई टाईब्रेकरमा ४-३ गोलले हराउँदै एपीएफले उपाधिजितेको थियो ।

वैशाख७ देखि १५ गतेसम्म संचालन भएको प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका आठ टिमको सहभागि रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्ष विष्णुं डंगोलले जानकारी दिए । प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय रुपैयाँ र उपबिजेताले १ लाख ११हजार १ सय रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्