इलाम २ : सर्वदलीय बैठक सुरु

इलाम २ :  सर्वदलीय बैठक सुरु

विराटनगर । प्रतिनिधि सभा सदस्य चयनका लागि शनिबार इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मत गन्ने तयारी भइरहेको छ।

यसका लागि अहिले सर्वदलीय बैठक राखिएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ। हलका दुई स्थानमा मत गणना हुने छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ।

सर्वदलीय बैठक पनि मतगणनास्थलमै आयोजना गरिएको छ । इलाम २ मा शनिबार भएको मतदानमा १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६६ हजार २ सय ८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
इलाम–२ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्