‘जिवी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन’

<span class='c1'>‘जिवी राई पक्राउ नपरुञ्जेलसम्म</span> <span class='c2'>सहकारी समस्या समाधान हुँदैन’</span>

काठमाडौं । सरकारले फास्ट ट्र्याकबाट कानुन बनाएर सहकरी पीडितको समस्या समाधान गर्ने कुरामा सहकारी पीडित विश्वस्त छैनन्।
गत बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट भएको सहकारी पीडितका समस्या समाधान गर्ने निणर्यमा आशंका रहेको सहकारी पीडितहरु बताउँछन् ।

सहकारी बचतकर्ताको बचत हिनामिना गरि फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई पक्राउ नपरुञ्जेलसम्म समस्याको समाधान नहुने उनीहरुको बुझाई छ । आइतबार काठमाडौंको स्वणर्लक्ष्मी सहकारीका झण्डै डेढसय पीडितहरुले राईविरुद्ध निवेदन दिदै गृहमन्त्री रवि लामिछानेबाट निष्पक्ष छानवीन हुनेमा आशंका रहेको बताएका छन् ।

आइतबार स्वणर्लक्ष्मी पीडित संघर्ष समितिका अध्यक्ष नन्दु तन्डुकारले भने, ‘गृहमन्त्री रवि लामिछानेले इलाममा भएको निर्वाचनमा आफ्नो पल्लाभारी बनाउनका लागि सहकारीका समस्या समाधान गर्दर्छौं भन्नुभएको छ । हामीलाई चाँही आशंका छ । हामीलाई पूणर्विश्वास छैन। सहकारीमा समस्या आएको यति धेरै समय भइसक्दा पनि सरकारले कानमा तेल हालेर बसेको छ ।’

सरकारले सहकारीका समस्या समाधान गर्ने भन्दै नाटकीय रुपमा प्रस्तुत भएको तन्डुकारको बुझाई छ । सहकारीको रकम हिनामिना गरेको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) विरुद्ध ‘रेड नोटिस’ जारी भएपनि पक्राउ परेका छैनन् । ‘डिफ्युजन नोटिस’ले मात्रै उनलाई विदेशबाट पक्राउ गरेर नेपाल झिकाउन समस्या देखिएपछि नेपाल प्रहरीले ’डिफ्युजन नोटिस’लाई -रेड नोटिस’मा बदल्न पत्राचार गरेको थियो ।

प्रहरी अधिकारीका अनुसार रेड नोटिस जारी हुँदा समेत उनलाई मेलेसिया प्रहरीले चासो नदेखाउँदा उनी पक्राउ पर्नबाट जोगिएका हुन् । राईले मलेसियाका प्रहरीलाई समेत प्रभावमा पारेको आंशका गरिएको छ ।कास्कीबाट काठमाडौँ आएका सहकारीका सात जना पीडित बचतकर्ताले बिहीबार समितिका सभापति रामहरि खतिवडासमक्ष सहकारीका सञ्चालक जीबी राईसहित १४ जना प्रतिवादीलाई तुरुन्तै पक्राउ गर्न र बचत फिर्ताको वातावरण बनाईदिन माग गर्दै उजुरी हालेका हुन् ।

राईसहितलाई पक्राउ गर्न सडकदेखि सदनसम्म, डिफ्युजनदेखि रेड नोटिससम्म जारी भइसकेको छ । तर, हालसम्म पनि सहकारी हिनामिनामा संलग्न १४ जना पक्राउ पर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्