कोरियाबाट फर्केका उद्यमशील युवाको अर्थतन्त्रमा सहयोग

कोरियाबाट फर्केका उद्यमशील युवाको अर्थतन्त्रमा सहयोग

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल–कोरिया धार्मिक र सांस्कृतिक सम्बन्ध प्राचीन रहेको बताएका छन् ।

नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठका अवसरमा आइतबार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कोरियाली प्रायदीपमा बौद्ध धर्म प्रवेश भएसँगै लुम्बिनीसँगको धार्मिक सम्बन्ध स्थापना भएको बताए ।

उनले भने, ‘नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष भए पनि दुई देशबीच धार्मिक र सांस्कृतिक सम्बन्ध भने प्राचीन र ऐतिहासिक छ । कोरियाली प्रायदीपमा सन् २०३ मा बौद्ध धर्म प्रवेश भएसँगै लुम्बिनीसँग कति लामो धार्मिक सम्बन्ध छ भन्ने कुरा पुष्टि गर्दछ ।’ कोरियाले नेपालको अर्थतन्त्र, पूर्वाधार विकास र रोजगारी लगायत विभिन्न क्षेत्रमा सहयोग गरेको स्मरण गर्दै मन्त्री तामाङले नेपाली युवाहरुको रोजगारीको आकर्षक गन्तव्य भएको उल्लेख गरे ।

कोरियामा लामो समय काम गरेर फर्किएपछि उद्यमशील बनेका युवाहरुले नेपालको अर्थतन्त्रमा समेत सहयोग पु¥याएको उनको भनाइ छ । उनले भने, ‘नेपालका युवाहरुका लागि रोजगारीको प्रमुख आकर्षक गन्तव्य कोरिया बन्न पुगेको छ । कोरियन भाषा परीक्षा (इपीएस) पास गरी कोरियामा लामो समय काम गरेर फर्किएका युवाहरुले आफैं उद्यमी बनेर नेपालको अर्थतन्त्र उकास्न सहयोग गरेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्