सरस्वतीप्रसाद–दुर्गादेवी प्रतिष्ठानद्वारा दुई व्यक्तित्व पुरस्कृत

<span class='c1'>सरस्वतीप्रसाद–दुर्गादेवी प्रतिष्ठानद्वारा दुई</span> <span class='c2'>व्यक्तित्व पुरस्कृत</span>

इटहरी । सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल प्रतिष्ठानले साहित्य र शिक्षा क्षेत्रका दुईजना व्यक्तित्वलाई पुरस्कृत गरेको छ ।

राष्ट्रिय भाषा साहित्य पुरस्कार कवि साहित्यकार प्राज्ञ वैरागी काइँला र राष्ट्रिय शिक्षा सेवा पुरस्कार शिक्षासेवी प्रेमप्रसाद न्यौपाने प्रदान गरिएको हो ।

छ दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्यमा दिएको योगदानका लागि काइँलालाई नगद ५१ हजार रुपैयाँसहित सम्मान पत्र र ओसल्ला ओढाएर सरस्वती प्रसाद दुर्गादेवी रिजाल प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ । काइँला कवि, भाषाविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्वकुलपति हुन् ।

यसैगरी, पाँच दशकभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा सम्बद्ध रहेर गरेको योगदानका लागि न्यौपानेलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र ओसल्ला ओढाएर पुरस्कारबाट सम्मान गरेको प्रतिष्ठानका महासचिव भैरवप्रसाद रिजालले जानकारी दिए ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले दुवै स्रष्टाहरुलाई सम्मान गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्ग, पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बा, कोशी प्रदेशसभाका सांसद रोहित कार्कीलगायतको उपस्थिति रहेको थियो।

पुरस्कारका लागि साहित्यकार प्रा डा बद्रीविशाल पोखरेल, प्राज्ञ विवश पोखरेल, साहित्यकार लोचन रिजाल, कलाकार राजु केसी रहेको चार सदस्यीय समितिले सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्