टी–२० विश्वकपका लागि न्यूजिल्याण्डको टोली घोषणा

<span class='c1'>टी–२० विश्वकपका लागि</span> <span class='c2'>न्यूजिल्याण्डको टोली घोषणा</span>

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जुन १ तारिखदेखि सुरु हुने टी–२० विश्वकपका लागि न्यूजिल्याण्डको टोली घोषणा गरिएको छ।

न्यूजिल्याण्ड बोर्डले सोमबार बिहान १५ सदस्यीय टोली घोषणा गरेको हो । बोर्डले प्रतियोगिताका लागि टिम किट पनि सार्वजनिक गरेको छ । स्टार खेलाडी केन विलियम्सनले कप्तानको जिम्मेवारी पाएका छन् । एकदिवसीय विश्वकप २०२३ मा उत्कृष्ट ब्याटिङ गरेका रचिन रविन्द्र पनि टोलीमा परेका छन् । रचिन र म्याट हेनरी पहिलो पटक टी–२० विश्वकप खेल्दैछन् । बेन सियर्सलाई १६ औं खेलाडीको रूपमा समावेश गरिएको छ । यसपटक टी–२० विश्वकपमा कुल २० टोलीको सहभागिता रहेको छ । न्युजिल्यान्ड टी २० का लागि टोली सार्वजनिक गर्ने पहिलो टिम बनेको छ ।

न्यूजिल्याण्ड टोली
केन विलियम्सन (कप्तान), फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सैन्टनर, इश सोधी र टिम साउथी । रिजर्व–बेन सियर्स न्यूजिल्याण्ड टी–२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । टी–२० विश्वकप २०२४ को उदघाटन खेल क्यानडा र घरेलु टोली अमेरिकाबिच हुनेछ । खेल जुन १ मा डलासमा मात्र हुनेछ ।

प्रतियोगितामा न्यूजिल्यान्डको टोलीले जुन ७ बाट अफगानिस्तानविरुद्धको यात्रा सुरु गर्नेछ । त्यसपछि जुन १२ मा आयोजक वेस्ट इन्डिजसँग खेल्नेछ । जुन १४ मा किवी टोलीले युगान्डासँग खेल्नेछ भने जुन १७ मा किवी टोलीले पपुवा न्युगिनीसँग खेल्नेछ । न्यूजिल्याण्ड टी–२० विश्वकपमा समूह ‘सी’ मा रहेको छ।

यसपटकको टी२० विश्वकप नेपालले खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्