इन्दु साह
विराटनगर । विराटनगर देशको दोस्रो ठुलोे सहर भनेर नेपालभरीका नागरीकले चिन्ने गरेका छन् । ठुलो सहरमा राम्रो सेवा सुविधा हुन्छ भन्ने मान्यता उनीहरुमा रहन्छ ।
औद्योगिक क्षेत्र, कोशी प्रदेशको राजधानी, शिक्षा र स्वास्थ्यको हव बनेको विराटनगर बाहिरबाट आउनेहरुका लागि सोचेजस्तो भने छैन। धरै कलकारखाना भएकोले पनि यहाँ आउनेले शिक्षाका साथै रोजगारीको अवसर आसा राखेका हुन्छन् । विराटनगर प्रवेशपछि उनीहरुले पढ्दै कमाउँदै गर्ने सोचमा रहेपनि भनेजस्तो नहुँदा कहिले छोड्नुको अवस्थामा पुगेको सुनाउँछन् ।
सिराहाका २४ वर्षीय उज्ज्वल सिंह पनि केहि यस्तै सोचका साथ विराटनगर अध्ययनको सिलसिलामा आएको तर भने जस्तो नभएपछि के गरौं भन्ने अवस्थामा पुगेको बताउँछन् । आज भन्दा तीन वर्ष अगाडि उनले हिमालय दर्शन कलेजमा होटल म्यानेजमेन्ट क्षेत्रमा भर्ना लिएका थिए । स्नातक पढ्दै गरेका उनले तेस्रो वर्षमा पुगि सक्दासम्म पढाई छोड्ने स्थिति आएको सुनाए । अहिले उनले वैदेशिक रोजगारीको प्रक्रियामा छन् । उनले भने विराटनगरमा बस्न गाह्रो भयो, नत जागीर पाईन्छ , नत बस्ने राम्रो वातावरण । जेनतेन रोजगारी पाईहाले १४ घण्टा खट्दा आठ हजार तलब दिने गरेको उनको गुनासो छ । अझ समयमा त कहिल्य दिदैन्न । कोठा भाडा समेत घरवालाले मनपरी लिन्छन् । यसको गुनासो कहाँ गएर गर्नु भन्ने पनि बाहिरबाट आउनेलाई नहुने रहेछ, त्यसैले पढाई छोडेर यहाँबाट वैदेशिक प्रक्रियामा छु, उनले सुनाए ।
आर्थिक अवस्था सवल नहुनेलाई अध्ययनसंगै रोजगारीको आवश्यक हुन्छ । तर विराटनगरमा बाहिरबाट आउने विद्यार्थीलाई रेजगारीको अवसर नभएको उनको अनुभव छ ।
यस्तै मकवानपुरको हेटौडाबाट अध्ययनका विराटनगर आएकी २२ वर्षीया रुस्मा तिम्लसिना समेत विगत ३ वर्षदेखि जागीरको खोजीमा छिन् । उनले भनिन् विराटनगर दोस्रो ठुलो सहर भन्नुत नामको मात्र रहेछ । जति शिक्षित योग्य भएनी यहाँ बाहिरको मान्छेले जागिर पाउन मुस्किल रहेछ । कोठा भाडाको महंगो देखेर छक्क पर्छु। काठमाडौंमा सेवा सम्पन्न कोठामा आउने पैसाले यहाँ सामान्य कोठा पाईन्छ । त्यसमा पनि घरधनी कचकच मात्रै गर्ने रहेछन् । बिहानको कलेज छुट्टि भएसी दिनभरी कोठामै बस्नु पर्छ । स्नातक स्तरको पढाई गरीरहदा समेत विराटनगरमा जागीर नपाउदा यहाँ आउने निर्णय गलत भएको उनी बताउछिन् । उनी भन्छिन् कितावी ज्ञान मात्र सिमित हुने भयो । यहाँ अझ दुई वर्ष बिताउनुपर्ने छ कहिले पढाई सकिएलार अन्य ठाउँ जानु भएके छ ।
उदयपुरबाट अध्ययनका सिलसिलामा विराटनगर आएका २३ वर्षीय ललेन्द्र साह पनि अहिले विदेश जाने तरखरमा छन् । उनले ५ वर्ष पहिले विराटनगरको कलेजमा कक्षा ११ मा भर्ना लिए । कक्षा १२ सम्मको अध्ययन सकेर उनले स्नातकमा भर्ना लिए । तर उनले यहाँ जागीर नपाएसी उनको पढाई आर्थिक अभावकै कारण छोड्न बाध्य भए । उनले कोठा भाडा समेत तिर्न सक्ने जागीर यहाँ नपाउने गुनासो गरे । उनी भन्छन् यहाँ जति योग्य भएनी योग्यता अनुसारको जागीर नपाउने बताउछन् । पाईहाले पनि श्रम शोषण हुने गरेको उनको बुझाई छ ।
विराटनगरमा जागीर मात्र नभएर विभिन्न कारणले यहाँ बस्ने वातावरणनै नभएको धेरैको गुनासो छ । केहि वर्ष पहिलासम्म विराटनगर बाहिरको विद्यर्थीको लागी पहिलो रोजाई हुने गरेको थियो । तर अहिले लामखुट्टे, गर्मी, रोजगारीको अवसर न्यून, कोठा भाडामा मनमर्जी लगायतको समस्याले धेरैका लागि चिन्ताको विषय बन्दै गएको छ । देशका अन्य सहर भन्दा विराटनगर सस्तो मानिन्छ । यहाँ टिक्न आफ्नो क्षमता बिक्न पर्ने हुन्छ । औद्योगिक क्षेत्रले खोजे जस्तो जनशक्तिको रुपमा आफूलाई उभ्याउन पढाइका लागि पैसा खर्चनु पर्ने स्थिति छ । प्राविधिक विषय अध्ययन नगर्दा औद्योगिक क्षेत्रमा कामदार बाहेको जागिर पाइन्न । शैक्षिक र स्वास्थ्य संस्थामा विषयगत दख्खल जरुरी हुन्छ ।