लागू औषधसहित मोरङ,झापा र सुनसरीबाट ११ जना पक्राउ

<span class='c1'>लागू औषधसहित मोरङ,झापा र</span> <span class='c2'>सुनसरीबाट ११ जना पक्राउ</span>

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय भद्रपुर झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जेठ ११ गते भद्रपुर नगरपालिका–५ बाट २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। त्यसैगरी मेचीनगर नगरपालिका–१० धुलाबारीका २७ वर्षीय गुलाम रसुल मियालाई १ ग्राम ६०० मिलिग्राम र इलाम माइजोगमाई गाउँपालिका–१ घर भई बिर्तामोड बस्दै आएका २४ वर्षीय फुर्वा तामाङलाई ३ ग्राम ६१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस्तै, इलाका प्रहरी कार्यालय झिलझिलेले ५८६ ग्राम गाँजासहित शिवसताक्षी नगरपालिका–९ की ४३ वर्षीया आशा चौधरीलाई पक्राउ गरेको छ।

सुनसरीमा जिल्ला प्रहरी कार्यालयको टोलीले इटहरी–१ की ३६ वर्षीया प्रगती खटिवडा र इटहरी–५ का ३१ वर्षीय विश्वराज राईलाई इनरुवा–४ बाट १० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।

त्यसैगरी इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–२ का २९ वर्षीय रविन प्रधान, धरान–२ का १९ वर्षीय अतित भण्डारी र मोरङको सुन्दरहरैंचा–४ की अम्बिका ओझालाई ११० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

उता मोरङको कानेपोखरीमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले प्र.१–०२–०४८ प १८८४ नम्बरको स्कुटरमा सवार कानेपोखरी–५ का ३३ वर्षीय वीरबहादुर घिसिङ र पछाडि सवार कानेपोखरी–७ का ३७ वर्षीय सन्तोष लिम्बुलाई १२ ग्राम ८८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। लागू औषधसहित पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्