आँधीपछि आएको बाढीका कारण ब्राजिलमा ५५ जनाको मृ*त्यु

<span class='c1'>आँधीपछि आएको बाढीका कारण</span> <span class='c2'>ब्राजिलमा ५५ जनाको मृ*त्यु</span>

काठमाडौं । शनिबार आएको आँधीपछि आएको बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु भएको छ भने अझै ७४ जना बेपत्ता छन्। त्यहाँको प्रशासनले दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाएको छ ।

बीबीसीका अनुसार ब्राजिलमा शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । निरन्तर वर्षाको सम्भावनाबीच अझै करिब ५ लाख मानिसहरू स्वच्छ पानी र बिजुलीको सुविधाविहीन बनेका छन् । बाढीका कारण त्यहाँका दुई सयभन्दा बढी सहरहरु प्रभावित भएका छन् ।

हावाहुरीका कारण धेरै सडकमा पनि क्षति पुगेको छ । बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको छ । अन्य बाँधहरुमा पनि क्षतिको सम्भावना रहेको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्