जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान

<span class='c1'>जोर्डनद्वारा उत्तरी गाजामा पाँच</span> <span class='c2'>वटा एयरड्रप सहायता प्रदान</span>

अम्मान । जोर्डन सशस्त्र सेना–अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य सहायताका पाँचवटा एयर ड्रप गरेको बताएको छ । हवाई ड्रपमा गाजा पट्टीका मानिसलाई सहयोग गर्न राहत र मानवीय सहायता समावेश भएको राज्य सञ्चालित पेट्रा समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

अपरेसनमा रोयल जोर्डन एयर फोर्स, इजिप्ट, संयुक्त राज्य अमेरिका र जर्मनीका विमानहरू सामेल थिए । सशस्त्र बलले हवाई पुलमार्फत मानवीय र चिकित्सा सहायता पठाउन जारी राख्ने भनेको छ ।

जोर्डन सशस्त्र बलले हालको प्यालेस्टिन–इजरायली द्वन्द्व सुरु भएदेखि ९२ एयरड्रप सञ्चालन गर्नुका साथै अन्य देशसँगको सहकार्यमा दुई सय ३१ एयरड्रप सञ्चालन गरेको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्