नेपालका सर्पहरू: विषालु र गैर-विषालु सर्पहरूको पहिचान कसरी गर्ने?

नेपालका सर्पहरू: विषालु र गैर-विषालु सर्पहरूको पहिचान कसरी गर्ने?

इशु पन्त
विराटनगर। नेपलामा ८९ प्रजातिका सर्पहरू भेटिन्छन्। जसमा ६२ प्रजातिमा विष नभएको र १७ जातमा विष भएको सर्प पाइन्छ। तराई भेगमा विषालु सर्पको रूपमा तीन जातको गोमन र ६ जातको करेत सर्प बढी भेटिन्छन्।

गर्मी याम र वर्षा याममा गुफाबाट बाहिर निस्किने भएकाले यस समयमा बढी सतर्कता अपनाउनु पर्छ। फागुनदेखि कात्तिक महिनासम्म प्रशस्तै सर्प देखिन्छन् भने अन्य समय भने सर्प गुफामै बस्ने गर्छ। त्यसैगरी पहाडमा पाँच जातको ग्रीन पिट भाइबर जसलाई हरियो सर्प भनेर चिनिने र हिमाली पिट भाइबर भेटिन्छ । कतिपय मानिसले सर्पको पहिचान गर्न सक्दैनन् । त्यसले गर्दा कम विषालु सर्पसँग समेत डराउने गर्दछन् । मानिसहरू सामान्य विषालु सर्पसँग डर मान्दा पनि क्षति हुने सर्प उद्धारकर्ता प्रेम कुमार विष्ट बताउँछन्।

विष नभएको सर्प जस्तै हरारा, धामन, ढोडिया, श्रीसे, तेलीयाले टोक्दा केही असर नहुने बताउँछन्। सर्पको पहिचान गर्न नसक्ने, मुटु बिरामी र प्रेसर भएको मानिस बढी आत्तिएर पनि मानवीय क्षति हुने गरेको छ। करेँत, गोमन र अन्य विषालु सर्पले टोक्दा पहिचान गरेर सक्दो छिटो अस्पताल जान उनी सुझाव दिन्छन्। सर्पले टोकेको ३० देखि ४५ मिनेटसम्म अस्पताल पुग्न पर्ने हुन्छ ।

सर्पले टोकेपछि धामी–झाँक्रीकोमा जाने चलन अझै पनि गाउँघरतिर व्यापक छ। तर त्यसो गरेमा ज्यान जाने जोखिम हुन्छ्न। खेततिर जाँदा रातिको समय सर्पले बढी घुँडा भन्दा मुनीको भागमा आक्रमण गर्दछ । त्यस समयमा सर्पको टोकाईबाट वञ्चित हुन टर्च लाईट र लौरो बोकेर हिड्नुपर्छ भने गमबुट लगाएर मात्र जान विष्ट आग्रह गर्दछन् ।

प्राथमिक उपचारका लागि आफ्नो मनोबल बढाउने र टोकेको ठाउँमा हलुका भित्र दुई इन्च खुल्ला गरी ब्यान्डेज लगाउनु पर्ने हुन्छ र उपचार केन्द्र जानुपर्छ।पूर्वमा विराटनगरको कोशी अस्पताल, इटहरीस्थित पृतनामा, धरानको घोपा र चारआलीस्थित आर्मी क्याम्पमा, बेलबारीमा भूत पूर्व सैनिक सर्पदंश समाजमा उपचार हुन्छ ।

विषालु सर्प हो वा होइन कसरी पहिचान गर्ने ?

विषालु सर्पले टोक्दा टोकेको भागमा दुई वटा मात्र दाँतको निशाना हुन्छ। तर गैर विषालु सर्पले टोकेको खण्डमा घाउको निशाना छरिएको हुन्छ। धेरै डोबहरूबाट रगत आउँछ। कुन सर्पले टोकेको भनेर पहिचान र लक्षणहरू पत्ता लगाए पछि मात्र एन्टी भेनम औषधि मार्फत उपचार हुन्छ। कतिपय उपचार केन्द्रमा सिकारु चिकित्सक भएका कारण सर्पको पहिचान गर्न नसकेर सानो गल्तिले मानवीय क्षति पनि भएको छ।
विषालु सर्पले सिकार गर्दा मात्र एन्टी भेनम औषधिले उपचार गरे ज्यान बचाउन सफल हुन्छ। विषालु सर्पले नटोकेको खण्डमा त्यस्तो प्रणाली मार्फत उपचार गर्दा ज्यान समेत गएको घटना थुप्रै छन् । त्यसैले सर्पको पहिचान गर्न अति आवश्यक हुन्छ र त्यस्तो सिकारु चिकित्सकबाट सतर्कता अपनाउन सर्प उद्धारकर्ता विष्ट बताउँछन्।

शिवले नागको माला घाँटीमा गहनाका रूपमा लगाउने र विष्णु शेषनागको शैयामा सुत्ने भएकाले सर्पलाई धार्मिक मूल्यमान्यता अनुसार भगवानको अवतारको रूपमा पुजिन्छ। तर, व्यवहारमा भने ठीक उल्टो लट्ठीले कुटेर मार्ने प्रवृत्ति रहेको छ। सर्पले पारिस्थितिक प्रणालीमा वातावरणको सन्तुलन समेत गर्छ । सर्पले भ्यागुता, भित्ती र किरा फट्याङग्रा सिकार गरेर वातावरणको संतुलन गर्छ। त्यति मात्र नभएर भेनम स्नेकबाट १० हजार  भन्दा बढी औषधिहरू बनाउने गरेको पाइन्छ।

क्यान्सर, मानसिक रोग, रक्तस्राव जस्ता गम्भीर रोगको उपचारका लागि औषधि बन्छ। सर्प भनेको जगतको लागि अपहारिय हो र सर्पले पर्यावरणको लागि संरक्षण गरेको हुन्छ । सर्पले कहिले पनि मानवीय क्षति गर्न टोक्दैन। सर्पले आफू बच्नको लागि जानकार दिएर छ्यास टोक्छ तर सर्पलाई आफै थाहा हुँदैन कि आफ्नो बिषले प्राण समेत जाने गर्छ। सर्प उद्धारकर्ता प्रेम कुमार विष्टले सर्प बचाउनु पर्छ भन्दा गाउँलेहरू सर्पले मान्छे मर्छ त बचाउनु पर्छ भनेर कुटेका पनि समय सम्झन्छन् । तर, सचेतनाका कारण सोचाइमा निकै परिवर्तन भएको उनको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्