गायिका एलीना चौहानसँग अनुहार मिल्दो जुल्दो देखिने बेन्जु धामी

<span class='c1'>गायिका एलीना चौहानसँग अनुहार मिल्दो</span> <span class='c2'>जुल्दो देखिने बेन्जु धामी</span>

सुनसरी । सुनसरी बराहक्षेत्र-८ की बेन्जु धामी अहिले निकै चर्चामा रहेकी छिन् । चर्चित गायिका एलीना चौहानसँग अनुहार मिल्दो जुल्दो देखिएपछि उनको चर्चा चुलिँदो छ ।

पछिल्लो समय मोडलिङ क्षेत्रमा व्यस्त रहेकी बेन्जु सुनसरी बराहक्षेत्र-८ चक्रघट्टीकी स्थायी बासिन्दा हुन् । गाउँकै एक निजी विद्यालयबाट एसइई दिएर भविष्य खोज्न सहर छिरेकी बेन्जु अहिले मोरङको विराटनगर बसेर पढाइसँगै मोडलिङ गर्दै आएकी छिन् ।

थारु समुदायले निर्माण गरेको सर्ट मुभी तथा म्युजिक भिडियोहरूमा दमदार प्रस्तुति दिएपछि सानो पर्दामा उनको माग चुलिँदो छ । अझ रोचक कुरा त अनुहार र शरीर चर्चित गायिका एलिना चौहानसँग मिल्दो जुल्दो भएपछि सुटिङको बेला धेरै जना झुक्किने र सेल्फी खिच्ने गरेको सुनाउँछिन् ।

उनी विगत एक वर्ष देखि विराटनगर बसेर स्नातक तहको गर्दै मोडलिङमा जम्दै आएकी छिन् । उनले अहिलेसम्म एक दर्जन भन्दा बढी थारु म्युजिक भिडियोहरूमा मुख्य भूमिका निभाएकी छिन् । उनले पछिल्लो समय अभिनय गरेको म्युजिक भिडियो 'अब तिमी उसैको भयौ' पूर्वेली इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ ।

इटहरीको पर्यटकीय स्थल तालतलैया, इप्पीलेन्ड लगायतका स्थानहरूमा गरिएको छायाङ्कन गरिएको म्युजिक भिडियोमा बेन्जु धामी, नाट्यकार प्रज्वल काफ्ले र सञ्चिता धमलाले अभिनय गरेका छन् ।

सुरेश चन्द्र दाहाल तथा वसन्त बस्नेतको निर्देशन, सुरेश चन्द्र दाहालको सम्पादन रहेको उक्त भिडियोमा भने प्रोडक्सन डिजाइन राजन क्षेत्रीले गरेका हुन् ।

भिडियो दि म्युजिक इरामा रेकर्डिङ गरिएको गीतलाई राधा सुवेदी र गजलकार तथा साहित्यकार भरत गुरागाईँको कन्सेप्टमा म्युजिक भिडियो मार्फत दर्शक माझ सार्वजनिक गरिएको हो । साँचो मायामा धोका पाएपछि उत्पन्न पिडालाई गीत मार्फत देखाउन खोजिएको छ । उक्त गीतले हाल राम्रै बजार पाएको छ भने सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । गीतसँगै बनेको म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाइरहेका गीतकी सर्जक राधा सुवेदी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्