मुलुक चरम निराशामा छ : प्रधानमन्त्री ओली

<span class='c1'>मुलुक चरम निराशामा छ</span> <span class='c2'>: प्रधानमन्त्री ओली</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो मुलुक चरम निराशामा पुगेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै उनले अहिले मुलुक २०४६ साल यताकै निराशामा पुगेको बताएका हुन् ।

उनले भने,‘सिंगोदेश चरम निराशामा छ । ऋण लिएर तिर्न नसकेका कारण कालोसूचीमा पुग्ने अवस्था छ । अघिल्लो सरकार स्टन्टबाज भयो । थुन्ने अनि सुन्ने काम भएकाले व्यवसायीहरूले काम गर्ने अवस्था नै भएन । व्यवसायीहरु मरिच झैं चाउरिएका छन्,त्यसैले जनतामा आशा र उत्साह भर्नका लागि तीव्र आर्थिक वृद्धिका लागि लागेको हो ।’

उनले १४ खर्ब राजस्व उत्पादन गर्नुपर्नेमा अहिले २४ प्रतिशत राजस्व कम उत्पादन भएको बताए । उनले अहिले बैंकमा पैसा थुप्रिएको तर कुनै पनि व्यवसायी लगानी गर्न तत्पर व्यवसायी नरहेको जिकिर गरे । यस्तै उनले निराशा चिरेर मुलुकलाई आशा र उत्साह भर्न र तीव्र आर्थिक वृद्धिका लागि सरकारले काम गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्