काँकडभिट्टा नाका हुँदै आउन थाले बंगलादेशमा रहेका नेपाली विद्यार्थी

<span class='c1'>काँकडभिट्टा नाका हुँदै आउन थाले</span> <span class='c2'>बंगलादेशमा रहेका नेपाली विद्यार्थी</span>

विराटनगर । बंगलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि पूर्वीनाका काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना विद्यार्थी नेपाल आइपुगेका छन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार शनिबार १४१ जना, शुक्रबार ११४ जना र बिहीबार ८५ जना नेपाली विद्यार्थीहरु स्वदेश फर्केका हुन् । आइतबार पनि केही नेपाली नेपाल भित्रिएका छन् ।

बंगलादेशमा हिंसात्मक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरुले त्यहाँ बस्नुभन्दा स्वदेश फर्किनु उचित सम्झेर परिवारसँग सम्पर्क गरेर स्वदेश फर्किन थालेका हुन् । ढाकास्थित नेपाली राजदूताबासले समेत ‘एडभाइजरी नोटिस’ जारी गर्दै नेपाली विद्यार्थीहरुलाई अत्यावश्यक काम नपरी होस्टलबाट बाहिर ननिस्कन आग्रह गरेको छ । कुनै कारणवश होस्टेलबाट बाहिरिनु पर्ने भएमा दूताबासमा जानकारी गराउन भनिएको छ ।

बंगलादेशमा इन्टरनेट सेवा बन्द गरिएका कारण वाट्स एप, मेसेन्जर लगायतका मोवाइल एप्लिकेसनबाट सम्पर्क गर्न समस्या भइरहेको बताइन्छ ।
बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई ढाकाबाट हवाईमार्ग हुँदै सिधै काठमाडौं र काँकडभिट्टा नाका हुँदै स्थलमार्गबाट नेपाल आउन थालेका हुन् । आइतबार हवाइमार्गबाट १७ विद्यार्थी नेपाल आइपुगेका छन् ।

तस्बिर:मोहनकाजी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्