सरकारलाई असफल हुने कुनै छुट छैन् : प्रमुख सचेतक बर्तौला

<span class='c1'>सरकारलाई असफल हुने कुनै छुट</span> <span class='c2'>छैन् : प्रमुख सचेतक बर्तौला</span>

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले, वर्तमान सरकार सहज र सफल ढंगबाट अगाडि बढ्ने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, यात्राका क्रममा चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु भएपनि सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले सरकार सहज ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु छन् । यात्राका क्रममा विभिन्न बाधाहरु आउँन सक्छन् । तर सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले गर्दा सरकार सहज ढंगले अगाडि बढेने छ । सफल ढंगबाट यो अगाडि बढ्छ ।’

उनले सरकार सफल ढंगबाट अगाडि बढ्ने सिंगो देशको अपेक्षा रहेको कारण सरकारलाई असफल हुने कुनै छुट नरहेको पनि बताए । उनले भने, ‘म शुभकामना दिन चाहन्छु र यो सरकारलाई असफल हुने कुनै छुट छैन् । त्यसकारण सफल ढंगबाट अगाडि बढ्ने छ भनेर सिंगो देश बासिले अपेक्षा राखेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्