मैंले कुनै ‘लप्पन–छप्पन’ गर्नु छैन तर सदनको गरिमा सबैले राखौं : प्रधानमन्त्री ओली

<span class='c1'>मैंले कुनै ‘लप्पन–छप्पन’ गर्नु छैन तर सदनको</span> <span class='c2'>गरिमा सबैले राखौं : प्रधानमन्त्री ओली</span>

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरुमाथि आरोप लगाउने कामले सदनको गरिमा नबढ्ने बताएका छन् ।

आइतबार सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले राजनीतिक कुरा राजनीतिक रुपमा लिई आवेग, उत्तेजना र आरोप प्रत्यारोपमा नआइ सदनलाई मर्यादित बनाउन आग्रह गरे ।

उनले भने,‘मलाई कुनै ‘लप्पन–छप्पन’ गर्नु छैन् । मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन । देश र जनतका हितका पक्षमा निष्ठाका साथ छ दशकदेखि काम गर्दै आएको छु । अब पनि त्यही गर्छु । उद्योगहरुले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन । माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरिमा रहँदैन । कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन । राजनीतिक कुरा राजनीतिक रुपमा लिऔँ । आवेग, उत्तेजना र आरोप प्रत्यारेपमा नआऔँ । सदन सदन जस्तै होस् ।’

प्रधानमन्त्री ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा पनि स्पष्ट पारे । उनले राजनीतिक पूर्वाग्रहका नाममा झुठको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्त हुन पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्