विराटनगर । सायद बाबु र आमा हाँसिखुशी एकाघरमा हुन्थे भने छ वर्षीया सिवांगी साह अहिले विद्यालयमा पढिरहेकी हुन्थिन् । तर, बाबुले आफ्नो भूमिका निर्वाह गरिदिएनन् र आमा निरीह बन्दा छ वर्षमै विद्यालय जानबाट उनी बन्चित भईन् ।
मोरङको धनपालथान–२ का श्यामप्रसाद साहले २०७३ जेठ ८ गते भारतको उत्तर प्रदेशकी सुनिता चौधरीसँग विवाह गरेका थिए । उनै दम्पतीबाट जन्मेकी सिवांगी अहिले बाबु–आमाको झगडामा पढ्नबाट बन्चित भएकी हुन् । विराटनगर–११ मा घर भएका साह डाक्टर उपाधी पाएका व्यक्ति हुन् । तर, श्रीमतीसँगको विवाद अवोध छ वर्षीया छोरीको पढाई अंकुश लगाएर मजा लिईरहेका छन् ।
श्रीमान्श्री\मतीको विवाद अदालतमा मुद्दाको रुपमा विचराधिन रहेको छ । श्यामप्रसाद साहले भने सिवांगीले पढ्दै आएको शुल्क बुझाउने र श्रीमतीको खर्च बेहोर्ने दायित्व पूरा नगरेको आरोप छ । सुनिताका अनुसार किड्स भिलेजमा यूकेजी पढेकी छोरीलाई बैशाख १८ गतेदेखि बिकेभिएममा कक्षा १ मा भर्ना गरिएको थियो । बिेकेभिएममा श्याम साहले असार १० गतेसम्ममा पैसा बुझाउने र किड्स भिलेजबाट ट्रान्सफर सर्टिफिकेट ल्याउने चिठ्ठी लेखेर दिएका थिए । तर, असार १० गतेसम्ममा न त ट्रान्सफर सर्टिफिकेट उपलब्ध गराए, न त बुझाउनु पर्ने शुल्क ।
त्यति भएपछि बिकेभिएमले सिवांगीलाई असार १० गतेदेखि पढ्न बन्चित गरिदियो । सुनिताले हजार गुहार गर्दा पनि बिकेभिएम प्रिन्सिपलले उनको रोदन सुनिन् । ‘प्रिन्सिपल अन्जली दाहालले भन्नुभयो–कि ट्रान्सरफर सर्टिफिकेट ल्याउनु नत्र भर्ना गरेर पढाउन सक्दिन’ सुनिताले भनिन् श्यामल पैसा नबुझाएपछि छोरी पढ्न पाइनन्, मसँग छैन । उनका अनुसार किड्स भिलेजमा यूकेजी अध्ययन गरेको पनि ७० हजार रुपैँया बुझाउन बाँकी छ । बाँकी पैसा नबुझाई ट्रान्सफर दिने संभावना छैन । ट्रान्सफर सर्टिफिकेट भएपनि बिकेभिएमले पैसा बिना सेवा गर्न विद्यालय खोलेको हैन ।
भारत घर भएका कारण पनि सुनितालाई माइती पक्षको कुनै सहयोग छैन । माइतीको आधार नभएपछि उनको पक्षमा बोलिदिने कोहि छैन । कोही नभएकी सुनिताले स्थानीय सरकारसँग गुहार मागिन्, प्रहरीसँग गुहार मागिन्, जिल्ला प्रशासनमा गुहार मागिन् कसैले सुनेन । यतिसम्मकी अहिले अदालतमा मुद्दा विचाराधीन रहेका कारण उनीसँग कानुन व्यवसायी राख्ने पैसा समेत नहुँदा महिला मानवअधिकारको क्षेत्रमा काम गर्ने मानवअधिकारवादी संस्था समेत उनको पक्षमा छैन ।
धनपालथानका चल्तापूर्जा साह परिवारले सुनितामाथि पारिवारिक हिंसा मच्चाएको छ । यतिसम्मकी श्यामले विवाह गरेर ल्याएको पहिलो वर्षमै सुनिताको गर्भमा बसेको बच्चा जन्मन रोके । दोस्रो बच्चा हुँदे तेस्रोसम्म पनि श्यामकै दवावमा एभर्सन गर्नुपर्ने स्थिति सुनिताले भोगेकी थिइन् । बारम्बार श्रीमान् र उनका परिवारका सदस्यबाट ‘टर्चर’ सहनु परेपछि सुनिताले २०७७ मंसिर २ गते जिल्ला प्रहरी कार्यालय मोरङको शरण लिएकी थिइन् । तर, त्यसपछि अहिलेसम्म उनको आवाज कसैले सुनेको छैन । न त ती अवोध छ वर्षीया बालिकाको भाषा नै समाजले बुझिरहेको छ ।