जापानमा ‘शक्तिशाली भूकम्प’ को चेतावनी अन्त्य

<span class='c1'>जापानमा ‘शक्तिशाली भूकम्प’</span> <span class='c2'>को चेतावनी अन्त्य</span>

टोकियो । जापानले एक हप्तादेखि लागू गरेको शक्तिशाली भूकम्प (मेगाक्वेक) आउन सक्ने चेतावनी बिहीबार हटाएको छ । ‘मेगाक्वेक’ ले हुने मानवीय तथा भौतिक क्षतिको खतराको जोखिम समाप्त भएसँगै सरकारले चेतावनी हटाई मानिसहरूलाई सामान्य अवस्थामा फर्कन आग्रह गरेको छ ।

करिब १२५ मिलियन मानिसको बसोबास रहेको जापानमा शक्तिशाली भूकम्प र यसले विपत्ति आउन सक्ने भनी जारी सतर्कताले हजारौँ मानिसलाई आवश्यक वस्तुहरू भण्डारण गर्न तथा विशेष व्यवस्था गर्न प्रेरित गरेको थियो ।

हाल भूकम्पीय गतिविधि र प्रभावको कुनै शङ्कास्पद अवस्था देखा नपरेकाले भूकम्पीय चेतावनी साँझ पाँच बजेबाट लागू हुने गरी अन्त्य भएको विपद् व्यवस्थापन मन्त्री योसिफुमी मात्सुमुराले बताउनुभयो ।

जापानको मौसम निकायले गत बिहीबार, ७.१ म्याग्निच्युडको भूकम्पीय झट्कापछि ठुलो भूकम्पको सम्भावना ‘सामान्यभन्दा बढी’ भएको जनाएको थियो ।

त्यो एक विशेष प्रकारको सम्भावित कम्पन थियो जसलाई ‘सबडक्सन मेगाथ्रस्ट’ भूकम्प भनिन्छ, जसले ठुलो सुनामी निम्त्याउन सक्छ । यो भूकम्पको सम्भावना प्रशान्त महासागर क्षेत्रमा रहेका दुई टेक्टोनिक प्लेटहरू बिचको ‘नानकाई थ्रोग’सँग सम्बन्धित छ । यो करिब ८०० किलोमिटर लामो सामुद्रिक च्यानल र जापानको प्रशान्त तटसँग समानान्तर रूपमा चल्छ ।

सन् १७०७ मा, नानकाई गर्तका सबै खण्डहरू एकैचोटि फुट्दा भूकम्प निम्त्याएको भूकम्प दोस्रो–शक्तिशाली थियो ।

उक्त भूकम्पले माउन्ट फुजीको अन्तिम विस्फोट पनि निम्त्याएको थियो ।

जापानी सरकारले यसअघि नै नानकाई गर्तमा ८.९ म्याग्निच्युडको भूकम्प आउन सक्ने सम्भावना रहेको बताएको थियो ।

विज्ञहरूले यस्तो खराब अवस्थामा तीन लाख जनजीवन गुम्न सक्ने अनुमान गरेका थिए भने केही इन्जिनियरहरूले क्षति १३ ट्रिलियनसम्म पुग्न सक्ने जनाएका थिए ।

यद्यपि, विज्ञहरूले जोखिम अझै कम रहेको बताएका छन् भने कृषि तथा मत्स्यपालन मन्त्रालयले शनिबार मानिसहरूलाई अत्यधिक भण्डारण गरिएका सामानहरूबाट टाढा रहन आग्रह गरेको छ ।

सुपरमार्केटहरूले बोतलको पानी लगायत खरिदमा सीमितता कायम गरे पछि शौचालय र संरक्षित खानाजस्ता आपत्कालीन वस्तुहरूको माग अनलाइनमा बढेको छ ।

भूकम्पको चेतावनीले प्रधानमन्त्री फुमियो किशिदाको गत हप्तामा हुने मध्य एसियाको चारदिने भ्रमण रद्द गर्न बाध्य पारेको थियो ।

केही बुलेट ट्रेनहरूले सावधानीका रूपमा आफ्नो गति घटाएका थिए भने आणविक संयन्त्रलाई अधिकारीहरूले प्रकोप तयारी जाँच गर्न निर्देशन दिएका थिए । रासस/एएफपी

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्