विराटनगरको शिक्षादीप कलेजका सकिल उत्कृष्ट ६ मा पर्न सफल, ७ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति गर्ने

<span class='c1'>विराटनगरको शिक्षादीप कलेजका सकिल उत्कृष्ट ६ मा</span> <span class='c2'>पर्न सफल, ७ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति गर्ने</span>

विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेज मेडिकल र इन्जिनियरिङ अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाल्दै आएकोमा यस वर्ष पनि उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ ।

यसैविच चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा शिक्षादीप कलेजका ७ जना विद्यार्थी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काका अनुसार यस वर्षको प्रवेश परीक्षामा कलेजका मेधावी विद्यार्थी सकिल अहमद हकले पहिलो प्रयासमै छैटौँ स्थान (टप सिक्स) मा नाम निकाल्न सफल भएका छन् । झापाको झापा गाउँपालिका घर भएका हकसहित अन्य ६ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका हुन् ।

पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने अन्य विद्यार्थीहरूमा रेनिस पौडेल, शिरिन भट्टराई, अमन साह, निश्चिल थापा, पुष्कर साहु र ओमकुमार मण्डल रहेका छन् । गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण शिक्षादीपले सधैँ सर्वोत्कृष्ट नतिजा ल्याउँदै आएको प्रिन्सिपल खड्काले जानकारी दिए ।
यसअघि पनि शिक्षादीप कलेजका विद्यार्थीहरूले एमबीबीएस र इन्जिनियरिङ प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउँदै आएका छन् । विगतमा चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा शिक्षादीपकी अदितीकुमारी जैन छात्रातर्फ देशभरिमै ‘टपर’ भएकी थिइन् । उनले १८ हजारभन्दा बढी विद्यार्थीलाई उछिन्दै उक्त सफलता हात पारेकी थिइन् ।
त्यसैगरी, यसअघि इन्जिनियरिङतर्फ पनि शिक्षादीपका चार जना विद्यार्थीले टप १०० भित्र नाम निकाल्न सफल भएका थिए ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक–शिक्षिका र विद्यार्थीको अथक प्रयासका कारण मेडिकल र इन्जिनियरिङमा शिक्षादीप कलेज अग्रणी स्थानमा रहँदै आएको प्रिन्सिपल खड्काले बताए । प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा रहेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्