अमेरिकी उपराष्ट्रपति पदका उम्मेदवार अक्टोबरको बहसका लागि सहमत

<span class='c1'>अमेरिकी उपराष्ट्रपति पदका उम्मेदवार</span> <span class='c2'>अक्टोबरको बहसका लागि सहमत</span>

वासिङ्टन । ह्वाइट हाउसका प्रतिद्वन्द्वी कमला ह्यारिस र डोनाल्ड ट्रम्पको दौडमा रहेका साथीहरूले कम्तीमा एउटा उपराष्ट्रपति बहसमा सामना गर्न अक्टोबर १ मा हुने निर्णायक बहसका लागि सिबिएस न्युजको निमन्त्रणालाई स्वीकार गर्नुभएको छ ।

डेमोक्रेटिक मिनेसोटाका गभर्नर टिम वाल्ज र आहायोका रिपब्लिकन सिनेटर जेडी भान्सलाई सेप्टेम्बर र अक्टोबरमा चार सम्भावित बहसको प्रस्ताव गरिएको सिबिएसले बुधबार सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको छ ।

“अक्टोबर १ मा भेटौँला, जेडी”, ह्यारिस अभियानले आधिकारिक रूपमा मिति स्वीकार गरेको पुष्टि गर्नुअघि वाल्जले जवाफ दिनुभयो ।

भान्सले बिहीबार आफूले अक्टोबर १ को निमन्त्रणलाई स्वीकार गरेको बताउनुभयो । साथै उहाँले ‘अमेरिकी जनता सकेसम्म धेरै बहसका लागि योग्य छन्’ भन्ने तर्क दिँदै सेप्टेम्बर १८ मा सिएनएनद्वारा प्रस्तावित पहिलेको बहसको सुझाव दिनुभएको थियो । यसमा भेटघाट हुन्छ कि हुँदैन भन्ने केही सन्देह थियो ।

बुधबार फक्स न्युजसँगको अन्तरवार्तामा भान्सले अक्टोबरका लागि तयार रहेको पुष्टि गर्नुभयो तर उहाँले जुन २७ मा ट्रम्प र राष्ट्रपति बाइडेनको जस्तो ‘उनीहरूका वास्तवमा दर्शकहरू नभएको फर्जी बहस’ नगर्ने बताउनुभयो ।

ह्यारिस र ट्रम्प सेप्टेम्बर १० मा एबिसी न्युजले आयोजना गर्ने आ–आफ्नो बहसका लागि तयार हुनुहुन्छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्