इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

<span class='c1'>इंग्लिस प्रिमियर लिग :</span> <span class='c2'>म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात</span>

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ ।

गएराति ओल्ड ट्राफोर्डमा सुरु भएको लिगको नयाँ सिजनमा फुल्हमलाई १–० गोलले हराउँदै युनाइटेडले सुखद सुरुवात गरेको हो।

युनाइटेडका लागि जोशुआ जिर्कजीले एक गोल गरेका थिए । उनी हालसालै युनाइटेडमा आबद्ध भएका नेदरल्याण्ड्सका फरवार्ड हुन् ।
उनले खेलको ८७औँ मिनेटमा गरेको गोल नै युनाइटेडको जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै म्यानचेस्टर युनाइटेडले पहिलो खेलबाटै अंक तालिकामा तीन अंक जोडेको छ ।फुल्हमले भने पहिलो खेलमै हार बेहोरेको छ । यसपटक प्रिमियर लिगमा बढुवा भएका लेस्टर सिटी, इपस्विप टाउन र साउथह्याम्पटनसहित २० टोली सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्