१९ वर्षमुनिको विश्वकपको एसिया छनोट नेपालले आयोजना गर्ने

<span class='c1'>१९ वर्षमुनिको विश्वकपको एसिया</span> <span class='c2'>छनोट नेपालले आयोजना गर्ने</span>

काठमाडौं । सन् २०२६ मा हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ ।

शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्चाजलमा एक पोस्ट राख्दै विश्वकपको एसिया छनोट २०२५ नेपालले आयोजना गर्ने जानकारी दियो ।

नेपालले पहिलोपटक विश्वकपको एसिया क्षेत्र छनोट आयोजना गर्न लागेको हो । एसिया छनोट प्रतियोगिता आगामी अप्रिल १३ देखि २१ सम्म हुनेछ ।
एसिया छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन् । एसिया क्षेत्र छनोटमा विजयी टोली सन् २०२६ मा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्