गाजा बन्धकको समर्थनमा सोमबार इजरायलमा ‘पूर्ण हडताल’ को आदेश

<span class='c1'>गाजा बन्धकको समर्थनमा सोमबार इजरायलमा</span> <span class='c2'>‘पूर्ण हडताल’ को आदेश</span>

जेरुसेलम । इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनका प्रमुखले गाजा बन्धकहरूको समर्थनमा सोमबार ‘पूर्ण हडताल’ को आदेश दिएका छन् । उनले छ बन्धकको शव फेला परेपछि उनीहरूको रिहाइलाई सुरक्षित गर्न सम्झौता गर्न आग्रह गरे ।

“हामीले बन्धकहरूलाई परित्याग गर्न रोक्नुपर्छ, म हाम्रो हस्तक्षेपले मात्र हल्लाउनु पर्नेहरूलाई हल्लाउन सक्छ भन्ने निष्कर्षमा पुगेको छु”, हिस्टाड्रटका अध्यक्ष अर्नोन बार डेभिडले आइतबार विज्ञप्ति जारी गर्दै भन्नुभयो, “भोलि बिहान छ बजेदेखि सम्पूर्ण इजरायली अर्थतन्त्र पूर्ण हडतालमा जानेछ ।”

हडतालको हिस्साका रूपमा ‘बेन गुरियन विमानस्थलमा सबै प्रस्थान र अवतरण स्थानीय समयानुसार बिहान ८ बजेदेखि बन्द हुने’ उहाँले बताउनुभयो ।

“हामी सम्झौतामा पुग्न आवश्यक छ, यस्तो सम्झौता जुन कुनै पनि अन्य चिजभन्दा धेरै महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो, “राजनीतिक कारणहरूले कुनै पनि सम्झौता अगाडि बढ्न सकिरहेका छैनन् र यो अस्वीकार्य छ ।”

यसअघि आइतबार इजरायली सेनाले एक सुरुङमा छ बन्धकको शव फेला पारेको बताएको थियो । रासस/एएफपी

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्