विराटनगर । निर्माण ब्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा केशरकुमार बुढाथोकी निर्वाचित हुनुभएको छ । विराटनगरमा शनिबार सम्पन्न नवौं अधिवेशनले बुढाथोकीलाई अध्यक्षमा निर्वाचित गरेको हो । बुढाथोकीले २७२ मत प्राप्त गर्नुभयो । उहाँका निकटत प्रतिष्पर्धी कमलप्रसाद गौतमले १३२ मत प्राप्त गर्नुभयो । अध्यक्षमा निर्वाचित बुढाथोकी निवर्तमान बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

संघको प्रथम उपाध्यक्षमा रमेश कार्की निर्वाचित हुनु भएको छ । उहाँले २४० मत प्राप्त गर्नुभयो । द्धितिय उपाध्यक्षमा चन्द्र सापकोटा २३३ मत ल्याएर विजयी हुनुभयो । तृतीय उपाध्यक्षमा मिलनकुमार वस्नेत निर्वाचित हुनुभयो । उहाँले २६२ मत प्राप्त गर्नुभयो । महासचिवमा सन्तोषकुमार वस्नेत २८७ मत ल्याएर निर्वाचित भए।

संघको नीतिगत उपमहासचिवमा लिलाप्रसाद गुरागाई २४४ मत र आन्तरिक उपमहासचिवमा चन्द्र पाठक २४० मत ल्याएर निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा किशोर भट्टराई २४३ मत ल्याएर निर्वाचित भए।
निर्माण व्यवसायी संघ कोशीको सदस्यहरुमा लक्ष्मी श्रेष्ठ (३६१), उत्तमकुमार पौडेल (३५४), सुप्रिम राई (३४२), रणबहादुर कार्की (३०८), तिलकराज पोखरेल (२८६), चन्द्रशेखर सुवेदी (२६३), गणेशप्रसाद यादव (२५४), सन्तकुमार मेहता (२५३), अर्जुन शेर्पा (२४५) र गोपालबहादुर वस्नेत (२४३) मत सहित निर्वाचित हुनु भएको प्रमुख निर्वाचन आयुक्त मुकेशकुमार उपाध्यायले बताउनुभयो ।
निर्माण व्यवसायी संघ कोशीको १६ औं साधारणसभा तथा ९ औं अधिवेशन शुक्रबार विराटनगरमा शुरु भएको थियो ।