लेटाङमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, २१ वर्षीय युवक पक्राउ

<span class='c1'>लेटाङमा १३ वर्षीया बालिकामाथि जबरजस्ती</span> <span class='c2'>करणी, २१ वर्षीय युवक पक्राउ</span>

विराटनगर । मोरङको लेटाङ नगरपालिकामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा लेटाङ नगरपालिका–६ निवासी २१ वर्षीय विकास भन्ने भुवानीप्रसाद लम्साल रहेका छन्।

प्रहरीका अनुसार २०८३ साल कात्तिक २८ गते साँझ स्थानीय क्षेत्रमा आयोजित नाच कार्यक्रम हेरेर घर फर्किने क्रममा बालिकामाथि जबरजस्ती करणी भएको प्रारम्भिक सूचनामा उल्लेख छ।

घटनाबारे मंसिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न व्यक्तिको पहिचान गरी मंसिर ५ गते फरार रहेका लम्साललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका लम्सालविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्