इजरायलमा आम हडताल, सम्पूर्ण उडान ठप्प

<span class='c1'>इजरायलमा आम हडताल,</span> <span class='c2'>सम्पूर्ण उडान ठप्प</span>

काठमाडौं (सीसीटीभी प्लस)। इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनको आयोजनामा आम हडतालको आव्हन गरिएको छ । गाजा बन्धकहरूको समर्थनका लागि हडताल आव्हान गरेको हो ।

आमहडतालका क्रममा इजरायलका शिक्षण संस्था, व्यापार व्यवसाय, यातायात व्यवस्था ठप्प भएको छ । इजरायल सरकारले हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । हमासद्वारा बन्धक बनाइएका ६ बन्धकको शव फेला परेपछि उनीहरुको रिहाइ र सुरक्षाका लागि सम्झौता गर्न सरकारलाई दबाब दिइएको छ । हडतालका क्रममा इजरायलबाट हुने सम्पूर्ण उडानसम्म ठप्प पारिँदा यात्रुहरु अलपत्र परेका छन् ।

हमासको कब्जामा रहेका बन्धकमध्ये एकपछि अर्को गर्दै शव फेला पर्नुमा इजरायल सरकारको लाचारीपन भन्दै आगामी दिनमा सशक्त आन्दोलन गर्ने चेतावनी युनियनले दिएको छ ।

ब्यानर र बन्धकहरूको तस्बिर बोकेर नारा लगाउँदै आन्दोलनकारीहरुले पश्चिम जेरुसेलममा इजरायली संसद भवन अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले इजरायली सरकारलाई कारबाही गर्न र हमाससँग सम्झौता गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्