विराटनगरमा सडक सुरक्षा र सुशासन : एक आवश्यक परिवर्तन

<span class='c1'>विराटनगरमा सडक सुरक्षा र सुशासन</span> <span class='c2'>: एक आवश्यक परिवर्तन</span>

विराटनगर, कोशी प्रदेशको आर्थिक केन्द्र र राजधानी हो । शहरीकरणको तीव्र गतिसँगै, यहाँका सडकहरूमा सवारी साधनको चाप बढ्दो छ। प्रादेशिक प्रशासन संयन्त्रका कार्यहरु समेत सुरु भएपछि यहाँ जनघनत्व बढ्दो छ । बढ्दो सवारी चाप र अहिलेको विकासले सडक सुरक्षा र सुशासनको क्षेत्रमा गम्भीर चुनौतीहरू ल्याएको छ।

शहरका सडकहरूमा दुर्घटनाहरूको संख्या बढ्दो छ। यातायात नियमको उल्लंघन, अव्यवस्थित पार्किङ, र पैदल यात्रीहरूको सुरक्षाको अभाव जस्ता समस्याहरू दैनिक जीवनको अंश बनेका छन्। यी समस्याहरूले जनताको जीवनलाई असहज बनाईरहेका छन् भने शहरको सौन्दर्यता र विकासमा पनि असर गरिरहेको छ ।
विशेष गरी, सडकमा हुने अव्यवस्थित सवारी पार्किङले ट्राफिक जामको समस्या निम्त्याएको छ। यसैगरी, सिटी सफारीको संख्या बढ्दो क्रमले पनि उतिकै असर गरिरहेको छ । कोशी राजमार्गमा सिटी सफारीको बढ्दो चापले यातायात व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ। यी समस्याहरूले शहरको दैनिक गतिविधिलाई प्रभावित गरेपनि व्यवस्थापनका लागि दिर्घकालिन योजना भने छैन ।

सडक सुरक्षा सुधार गर्न र सुशासन कायम गर्न तत्काल ठोस कदमहरू चाल्नु आवश्यक छ । कडा कानून कार्यान्वयन, ट्राफिक नियमहरूको कडाइका साथ पालना गराउनु पर्छ, मदिरा सेवन गरेर सवारी चलाउने, अत्यधिक गति, र लापरवाही चालकहरूलाई कडा कारबाही जरुरी छ । पूर्वाधार सुधार अन्तर्गत सडकहरूको गुणस्तर सुधार, उचित सडक चिन्ह र संकेतहरूको व्यवस्था, र पैदल यात्रीहरूका लागि सुरक्षित मार्गहरूको निर्माण गर्नुपर्ने आवश्यकता बढ्दो देखिएको छ । जनचेतना अभियान अन्तर्गत स्कूल, कलेज र समुदायस्तरमा सडक सुरक्षा सम्बन्धी शिक्षा र जागरूकता कार्यक्रमहरू सञ्चालन गरेर नागरिकलाई सडकको प्रयोग सडककै रुपमा हुनुपर्ने चेनना दिनुपर्ने देखिन्छ। सार्वजनिक यातायात सुधार अन्तर्गत सुरक्षित र भरपर्दो सार्वजनिक यातायात प्रणालीको विकास गरी निजी सवारी साधनको प्रयोगलाई कम गर्दै लैजान प्रेरित गर्नुपर्ने देखिन्छ ।

यसैगरी प्रविधिको प्रयोग बढाउँदै ट्राफिक व्यवस्थापन र नियन्त्रणका लागि आधुनिक विधी अपनाउन जरुरी देखिन्छ । सडक निर्माण र मर्मत कार्यमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गराउन तीन तहका सरकार समन्वयमा रहेर काम गर्नुपर्ने देखिन्छ । सहरमा व्यवस्थित पार्किङ छैनन् । यसका लागि विराटनगरले बहुतले पार्किङ संरचनाहरूको निर्माण गर्नुपर्ने माग गरिरहेको छ । सडकमा जताततै पार्किङ गर्ने प्रणालीलाई हटाउनुपर्ने जिम्मेवारी सबै नगरवासीले लिनुपर्दछ । कोशी राजमार्गमा सिटी सफारीको चापलाई व्यवस्थित गर्न निश्चित रूट र समय तालिका लागू गर्ने कुरामा सहयोग नगरवासीकै चाहिन्छ । वैकल्पिक मार्गहरूको विकास र प्रयोगलाई प्रोत्साहन गरेर हाईवे चापलाई कम गर्नुपर्ने देखिन्छ । विराटनगरमा अर्को महत्वपूर्ण कुरा भनेको स्मार्ट ट्राफिक व्यवस्थापन पनि हो । जसमा ट्राफिक लाइट र सीसीटीभी क्यामेराको प्रयोग बढाउनुका साथै रियल–टाइम ट्राफिक मोनिटरिङ सिस्टम लागू गर्नुपर्छ।

यी उपायहरू कार्यान्वयन गर्न स्थानीय सरकार, प्रहरी, नागरिक समाज र आम जनता सबैको सहभागिता र समन्वय आवश्यक छ। सडक सुरक्षा र सुशासन सुधार गर्नु भनेको केवल दुर्घटना रोक्नु मात्र होइन, यो हाम्रो शहरको समृद्धि र विकासको आधार पनि हो। विराटनगरलाई एक सुरक्षित, व्यवस्थित र समृद्ध शहरको रूपमा स्थापित गर्न हामी सबैले आफ्नो दायित्व बोध गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्