पीएसजीको पुनरागमन जीत

<span class='c1'>पीएसजीको पुनरागमन</span> <span class='c2'>जीत</span>

काठमाडौं । पेरिस सेन्ट जर्मेइन पीएसजीले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राखेको छ ।

शनिबार राति भएको खेलमा पीएसजी ब्रेस्टसँग १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै ३–१ गोलको पुनरागमन जीत दर्ता गरेको हो ।

पीएसजीको जीतमा ओस्मान डेम्बेलेले २ गोल गर्दा फाबियन रुइजले एक गोल थपे । ब्रेस्टका रोमियन डेल कास्टिलोले पेनाल्टीमार्फत २९ औं मिनेटमा अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा मार्को एसेन्सोका पासमा डेम्बेलेले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याएका थिए । ७३ औं मिनटमा अचरफ हकिमीको पासमा फावियन रुइजले गोल गरेपछि पीएसजी २–१ ले अघि बढेको थियो । लगत्तै अर्को मिनेटमा डेम्बेलेले गोल गरेपछि पीएसजी अन्ततः ३–१ को जीत निकाल्दै जारी सिजनमा अपराजित यात्रा कायमै राख्न सफल भयो । पीएसजीले ४ खेलबाट १२ अंक जोडेको छ । ब्रेस्ट भने समान खेलबाट ३ अंकका साथ तालिकाको १२ औं स्थानमा छ ।

फ्रेन्च लिगकै अन्य खेलमा मोनाकोले एक्सुरेलाई ३–० गोल अन्तरले पराजित गरेको छ । यस्तै, मार्सेले नाइसलाई २–० ले स्तब्ध बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्