विराटनगर । जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा लगाउँदै विराटनगर–१२ अभिवादन टोलका कमल साहले आफ्नो ३० औँ जन्मदिन मानव सेवा आश्रममा आश्रितहरूसँग खुसी साटासाट गरेर मनाएका छन् ।
विराटनगर–४ मा रहेको मानव सेवा आश्रममा पुगेर साहले आश्रित आमा तथा बालबालिकासँग जन्मदिन मनाएका हुन्। । उनले जन्मदिनको अवसरमा आश्रममा रहेका व्यक्तिहरूलाई एक दिनको भोजनसमेत गराएका थिए।
आश्रमका पदाधिकारीहरूसँगै बसेर उनले आश्रितहरूलाई भोजन गराउनुका साथै उनीहरूसँग समय बिताएर जन्मदिनको खुसी साटेका थिए। जन्मदिनमा तडकभडक र फजुल खर्च गर्नुभन्दा मानवीय सेवा तथा सामाजिक सद्भावलाई प्राथमिकता दिँदै साहले यस्तो कार्य गरेका हुन्। ।

उनको यस कार्यले जन्मदिनलाई केवल व्यक्तिगत खुसीमा सीमित नराखी असहाय तथा बेसहारा व्यक्तिहरूको सेवामा समेत जोड्न सकिने सकारात्मक सन्देश दिएको छ।