भुटान र ताइपेइ जान लागेको नेपाली टोलीको विदाई

<span class='c1'>भुटान र ताइपेइ जान</span> <span class='c2'>लागेको नेपाली टोलीको विदाई</span>

काठमाडौं । साफ अन्डर १७ च्याम्पियनसिप २०२४ का लागि भुटान जाँदै गरेको राष्ट्रिय यू १७ टोली र एसियन कप यू २० छनोटका लागि ताइपेइ जाँदै गरेको राष्ट्रिय यू २० टोलीको विदाई गरिएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्राबाट राष्ट्रिय अन्डर १७ र अन्डर २० टोलीलाई बिदाइ गरिएको हो ।

सोही समारोहमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कमी कमजोरीलाई सुधार गर्दै आफ्नो क्षमता प्रदर्शन गर्न शुभकामना दिएका छन् । उनले भने, ‘तपाईहरु जुन खेलको लागि जादैँ हुनुहुन्छ त्यहाँ आफ्नो व्यक्तिगत प्रतिनिधित्व गर्न होइन नेपालको प्रतिनिधि भएर जादैँ हुनुहुन्छ । गौरव गर्न लायकको इतिहासलाई आधार बनाएर खेल्न र आफ्नो क्षमता प्रदर्शन गर्न शुभकामना दिन चाहन्छु ।’

यसको साथै, उनले दशरथ रङ्गशालाको काम छिटोभन्दा छिटो सम्पन्न गरेर हस्तान्तरण गर्ने कोशिसमा रहेको पनि बताए । उनले भने, ‘दशरथ रङ्गशालाको कुरा चर्चामा आइरहेको छ । म विश्वास दिलाउन चाहन्छु छिटोभन्दा छिटो रंगशाला हस्तान्तरण गर्ने कोशिसमा छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्