साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा

<span class='c1'>साफ यु–१७ च्याम्पियनसिप : आज</span> <span class='c2'>नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा</span>

थिम्पु । साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दै छ ।

चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरुहुने खेलमा नेपालले पाकिस्तानसँग खेल्न लागेको हो ।

नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताउँदै नेपाली टिमले काठमाडौंमा पनि अभ्यास राम्रो गरेको बताउँदै भुटानको मौसमका कारण पनि नेपाललाई खेल्न सहज हुने विश्वास व्यक्त गरे । टिमका सबै खेलाडी फिट रहेको बताउँदै २३ जनाबाट उत्कृष्ट प्लेयिङ सेट उतार्ने उनको भनाई छ । सन् २०२२ को साफ यू १७ मा उप विजेता भएको नेपालको लक्ष्य नै उपाधि रहेको उनको भनाई छ ।

नेपालको समूहमा घरेलुटोली भुटानसँगै पाकिस्तान र श्रीलंका पनि रहेका छन् । यसअघि शुक्रबार भएको उद्घाटन खेलमा भारतले बंगलादेशमाथि १-० गोलको जीत दर्ता गरेको थियो । दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै भारतले जीत पक्का गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्