मोरङको कटहरीमा नेपाली सेनाको दुई दिने विपद प्रतिकार्य सम्बन्धी तालिम

<span class='c1'>मोरङको कटहरीमा नेपाली सेनाको दुई</span> <span class='c2'>दिने विपद प्रतिकार्य सम्बन्धी तालिम</span>

विराटनगर । मोरङको कटहरी गाउँपालीकामा संयुक्त सामुदायिक विपद प्रतिकार्य सम्बन्धी दुईदिने तालिम सुरु भएको छ ।

भैरव गण थलाहा र कटहरी गाउँपालिकाको आयोजनामा स्थानिय समुदायमा विपद् सचेतना एवम् खोज तथा उद्धार तालिम – २०८१ को आइतबारबाट सुभारम्भ गरिएको हो ।

दैवीक प्रकोप , बाढी पहिरोका विषयमा नेपाली सेना जनतासँगै घुलमिल हुनेभएकाले भैरव गण थलाह व्यारेकसँगको सहकार्यमा तालिमको आयोजना गरिएको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए ।

तालिमको पहिलोदिन विपद सम्बन्धी सैद्धातिक तालिम गराउने र सोमबार प्रयोगात्मक तालिम गराउने कार्यक्रम रहेको छ ।

भैरव गणका गणपतिको नेतृत्वमा तालिमको सुरुवात गरिएको बताउदै उनले आगलागी , बाढी पहिरोबाट कसरी बच्ने भन्ने तालिम दिइने बताए ।

नेपालको भौगोलिक विशेषताका कारण साथै विवशताका कारण विपतमा अव्यस्त रहेको भैरव गणका गणपति प्रमुख सेनानी अशिम श्रेष्ठ बताउछन् । तालिमको सहजीकरणमा प्रमुख सेनानी अशिम श्रेष्ठ, सेनानी प्रविण थापा साथै उपसेनानी रिना विश्वकर्मा लगायतको टिमले गर्नेछन् ।

तालिममा जनप्रतिनिधि, वडाका विपद समितिबाट दुई–दुईजना प्रतिनिधि , नेपाल प्रहरी साथै नगर प्रहरीको समेत गरी ५० जना बढीको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्