तमोर नदीमा बालुवाले पुरिएको अवस्थामा दुई महिलाको शव फेला

<span class='c1'>तमोर नदीमा बालुवाले पुरिएको अवस्थामा</span> <span class='c2'>दुई महिलाको शव फेला</span>

हिले । धनकुटा नगरपालिका-९ र साँगुरीगढी गाउँपालिका-७ को सीमा लेउती खोला र तमोर नदीको दोभानमा बालुवाले पुरिएको अवस्थामा दुई जना महिलाको शव भेटिएको छ ।

शवको पहिचान भने खुलेको छैन । छिमेकी जिल्ला तेह्रथुम र पाँचथरमा सोधपुछ भईरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । केही दिनदेखि परेको अविरल वर्षाले तमोर नदीमा बाढी आइरहेको छ । छिमेकी जिल्लाबाट शव बगाएर ल्याएको हुनसक्ने प्रहरीको आशङ्का छ ।

शवलाई पोस्टमार्टनको लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको छ । आइतबार बिहान करिब ८ः३० बजे शव भेटिएको स्थान मुलघाटदेखि करिब १ किलोमिटर पश्चिममा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, चौविसे गाउँपालिका ४ स्थित फलामेटारमा तमोर नदिमा एक महिलाको शव भेटिएको छ । आजै बिहान करिब ११ बजेट शव भेटिएको जानकारी प्राप्त भएको छ । अहिले घटनास्थलमा तेह्रथुम वसन्तपुरवाट सुरक्षाकर्मी टोली गईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्