कोशी प्रदेशमा लगानी सम्मेलन माघमा हुने

<span class='c1'>कोशी प्रदेशमा लगानी</span> <span class='c2'>सम्मेलन माघमा हुने</span>

विराटनगर । कोशी प्रदेश सरकारले पहिलो लगानी सम्मेलन गर्ने भएको छ ।

प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा औधोगिक वातावरण बनेको सन्देश दिन माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने भएको हो।

कोशी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले सम्मेलनको अवधारणा पारित गर्दै मिति तय गरेको हो ।

प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेटमा पनि लगानी सम्मेलन गर्ने शीर्षक करिब ३ करोड रुपैयाँ बजेट छुटयाएको छ । प्रदेश लगानी प्राधिकरणले सम्मेलनका लागि समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्ने छ ।

लगानी सम्मेलननका लागि नेपाल, भारत र तेस्रो मुलुकका लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ । सम्मेलनका लागि प्रदेशले गर्नुपर्ने कानुन संशोधन तत्कालै गर्ने तयारी सरकारको छ ।

पीपीपी मोडलमा निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्यसहित लगानी सम्मेलन आयोजना गर्न लागिएको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्