सुकुना क्याम्पसमा १८ लाख बराबरकाे छात्रवृत्ति एक सय ८६ जना विद्यार्थीलाई प्रदान

<span class='c1'>सुकुना क्याम्पसमा १८ लाख बराबरकाे छात्रवृत्ति</span> <span class='c2'>एक सय ८६ जना विद्यार्थीलाई प्रदान</span>

मणिराम दाहाल
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचास्थित नेपालकै प्रतिष्ठित एवम् शैक्षिक केन्द्रका रूपमा स्थापित सुकुना बहुमुखी क्याम्पसले विभिन्न कक्षा, तह र कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ ।

क्याम्पस सञ्चालक परिषदकाे १८ औ बैठक अन्तर्गत क्याम्पसमा स्थापना गरिएकाे अक्षयकोषको व्याज, विभिन्न सङ्घ संस्था निकायहरूले प्रदान गरेको छात्रवृत्ति रकम, शिक्षक तथा कर्मचारीहरूले उपलब्ध गराएको रकम र क्याम्पस स्रोतबाट समेत गरी पहिलो चरणमा शैक्षिक रूपमा उत्कृष्टता हासिल गर्ने १८३ जना जेहेन्दार विद्यार्थीहरूलाई प्रमाणपत्रसहित जम्मा रू १८ लाख ८१ हजार ९९८ बराबरकाे रकम छात्रवृत्ति वितरण गरिएको क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको सभापतित्वमा क्याम्पस सभाकक्षमा छात्रवृत्ति वितरण समारोह भएको थियाे । कार्यक्रममा अक्षयकोषदाताहरू, छात्रवृत्ति दाता सङ्घ संस्था सहकारी बैङ्कका प्रमुखहरू, शिक्षक तथा कर्मचारीहरू र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू गरी करिब ३५० जनाभन्दा बढी सहभागि रहेका थिए । संविधान सभाका सदस्य चन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियाे । क्याम्पस प्रमुख अधिकारीले स्वागत गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । मन्तव्यका क्रममा आगामी मङ्सिर महिनामा दोस्रो चरणका लागि शैक्षिक रूपमा उत्कृष्टता हासिल गर्ने जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिने कार्यक्रम रहेको जानकारी दिए । प्रमुख अतिथी गुरुङ र अध्यक्ष अधिकारीले आगामी वर्षहरूमा छात्रवृत्ति पाउने सङ्ख्या वृद्धि गर्दै जाने र यसबाट क्याम्पस छात्रवृत्तिका लागि पनि अब्बल बन्ने धारणा राखेका थिए । सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा छात्रवृत्ति व्यवस्थापन समितिका सदस्यहरू क्रमशः उपप्राध्यापकहरू क्रमशः गेहेन्द्र खनाल, टीकाप्रसाद उपाध्याय, खगेन्द्रराज दाहाल, रमेश खतिवडा र लेखाफाँट प्रमुख युवराज सुवेदीले सहजीकरण गरेका थिए ।

यसका अतिरिक्त यस क्याम्पसका विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरू मध्ये ६६ जना विद्यार्थीहरूले विश्वविद्यालय अनुदान आयोग नेपालबाट जनही वार्षिक रु. १५ हजरका दरले जम्मा ९ लाख ९० हजार छात्रवृत्ति पाइरहेका छन् । रुक्माङ्गत कटवाल ट्रष्टबाट एक जनाले वार्षिक रु. २५ हजार २ सय र अर्को एक जनाले वार्षिक रु. ३५ हजार गरी रु. ६० हजार २ सय छात्रवृत्ति पाइरहेको र पहिलो चरणमा जम्मा २५१ जना विद्यार्थीहरूले जम्मा रु. २९ लाख ३२ हजार १ सय ९८ छात्रवृत्ति रकम विद्यार्थीहरूले प्राप्त गरेको र दोस्रो चरणमा स्नातक तेस्रो वर्षको अन्तिम परीक्षाको प्राप्ताङ्कका आधारमा थप विद्यार्थीहरूले छात्रवृत्ति पाउने सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहाल जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्